२०७८ साल माघ ६ गते बिहिबार

प्रदेश १ मा आज थप २९२ जनामा कोरोना पुष्टि

न्युजलय २९ पुस २०७८, बिहिबार ०६:४६ मा प्रकाशित
इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।
 
प्रदेश १ मा आज ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८३८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।