काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले आज दिउँसो ३ः३५ बजे दुई देशका महानिर्देशक (डीजीएमओ)हरूबीच कुराकानी भएको जानकारी दिए।
मिश्रीकाअनुसार दुवै देशले साँझ ५ बजेदेखि हवाई, जल र जमिनमा आक्रमण रोक्ने निर्णय गरेका छन्। योसँगै दुई देशबीच युद्धविरामको घोषणा भएको छ।
अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका थिए ।
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएको केही समयपछि पाकिस्तान एयरपोर्ट प्राधिकरणले देशको हवाई क्षेत्र खुलाइएको घोषणा गरेको छ । यो घोषणासँगै सबै उडानहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।
कास्मिरको पहलगाममा पाकिस्तानी आतंकवादीहरुले हत्याकाण्ड मच्चाएका थिए । हिन्दुहरुलाई छानीछानी मारेपछि भारतले सिन्दुर नामक अपरेशन चलाएको थियो । उसले पाकिस्तानका विभिन्न इलाकामा बमबारी गरेको थियो । अपरेशनका क्रममा पहलगाम घटनाका मुख्य योजनाकारहरुलाई मारेको दावी गरिएको छ ।