Newslaya Home

पूर्व

  • झापामा करेन्ट लागेर एक जनाको मृत्यु

    न्यूजलय बिहीबार ०९, साउन २०७६

    झापा । झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। कमल गाउँपालिका–५ पाडाजुंगी आइतबारे घरभएका काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    बिहीबार बिहान वस्तुको गोठमा घाँस लगाउन जाने क्रममा विद्युतको पोल छुँदा करेन्ट लागेर जोशीको घटनास्थमै मृत्यु भएको....

  • विराटनगरमा फ्री वाइफाई, दिनको डेढ घण्टा निःशुल्क चलाउन सकिने

    न्यूजलय बुधबार ०८, साउन २०७६

    विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा फ्री वाईफाई सञ्चालनमा ल्याएको छ ।

    बुधवार विराटनगर महानगरपालिकामा मेयर भीम पराजुलीले विराटनगर ४ कन्चनबारी चोक स्थित शिव मन्दिरमा वाईफाईको राउटर अन गरेर सो कार्यको प्रारम्भ गरेका हुन् ।

    यसका लागि महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लि.बिच पाँच वर्षे....

  • भद्रपुरस्थित मेची पुल जोड्ने सडक बाढीले भत्कायो

    न्यूजलय बुधबार ०८, साउन २०७६

    झापा । भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाएको छ।

    मंगलबारदेखि आएको अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले बुधबार बिहान पुल जोड्ने ग्राभेल सडक भत्काएको हो ।बाढीले भारतीय सेना एसएसबीले दशगजा नजिकै राखेको अस्थायी पोस्टसमेत डुबाएको छ।

    भारतले अस्थायी सडक बनाएपछि त्यो....

  • पानीमा तैरीरहेको अवस्थामा दमकमा एक व्यक्तिको शव फेला

    न्यूजलय मङ्गलबार ०७, साउन २०७६

    झापा । झापाको दमक–२ स्थित ठुलो पैनीमा मंगलबार बिहान स्थानीय ७८ वर्षीय धनबहादुर नेपालीको शव पानीमा तैरीरहेको अवस्थामा फेला परेको छ ।

    नेपाली तीन दिनदेखी परिवारको सम्पर्कमा नरहेको पारिवारिक श्रोतले जनाएको छ । अहिले शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय....

  • प्रदेश एकमा घुस लिनेलाई एक घण्टामै कारबाही हुने

    न्यूजलय सोमबार ०६, साउन २०७६

    मोरङ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले घुसलिएको बारे थाहा पाए एक घण्टामै कारबाही हुने बताएका छन् ।

    मन्त्री राईले कर्मचारीहरुलाई सुशासन स्थापना गर्न निर्देशन दिँदै भ्रष्टाचार गर्ने तथा प्रदेशलाई बदनाम गराउने काम संलग्न कसैलाई नछाड्ने चेतावनी समेत दिएका छन् ।

    प्रदेश सरकारले केही थाहा....

  • अवरुद्ध मेची राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी संचालनमा

    न्यूजलय सोमबार ०६, साउन २०७६

    पाँचथर । पहिरोका कारण अवरुद्ध भएको मेची राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी संचालनमा ल्याइएको छ ।

    पाङ्ग्रेभीरमा गएको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

    सडक सञ्चालनमा ल्याइएसँगै एक सातादेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।....

  • प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रदेश एकको सभामा पेश

    न्यूजलय आइतबार ०५, साउन २०७६

    विराटनगर । प्रदेश एक सरकारले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रदेशसभामा पेश गरेको छ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७ परिच्छेद र ६४ दफा भएको प्रदेश लोकसेवा आयोग सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभामा पेश भएको हो।

    आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार....

  • मेची राजमार्ग बन्द हुँदा २८ लाख रुपैयाँ बराबरको गोलभेंडा बिग्रियो

    न्यूजलय आइतबार ०५, साउन २०७६

    पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पहिराले राजमार्ग बन्द हुँदा लाखौं रुपैयाँ बराबरको गोलभेंडा बिग्रिएको छ ।

    मेची राजमार्गको पाङ्ग्रेभीरमा पहिरो गएपछि राजमार्ग बन्द हुँदा उत्पादन भएका २८ लाख रुपैयाँ बराबरको गोलभेंडा बजारसम्म पुर्‍याउन नसकेर बिग्रिएको हो ।

    पाँचथरको नागी, अमरपुर र थर्पुदेखि तराई लैजान २२....

  • इनरुवा नगरपालिकामा बन्यो सहमती, अब नगरसभा हुने

    न्यूजलय शनिबार ०४, साउन २०७६

    इनरुवा । इनरुवा नगरपालिकामा नेकपाको बहिष्कारसँगै अन्यौलमा परेको नगरसभा दुई पक्षीय सहमतिपछि सुरु हुने भएको छ ।

    नगर प्रमुख र नेकपाका जनप्रतिनिधिबीच नगरसभा सञ्चालनमा ल्याउने विषयमा सहमति बनेको छ ।

    मेयरले आफूखुशी गर्दै आएको ठाडो तोक आदेशलाई बन्देज लगाउँदै १० हजार भन्दा बढीको हकमा कार्यपालिकाको....

  • झापामा बन्दको अवज्ञा गरेको भन्दै यात्रुबहाक बस तोडफोड

    न्यूजलय शनिबार ०४, साउन २०७६

    झापा । बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ।

    बिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बसमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको सूर्योदय यातायातको बस तोडफोड भएको हो ।

    ....