Newslaya Home

पूर्व

  • झापामा ट्रकको ठक्करबाट बालकको मृत्यु

    न्यूजलय बिहीबार २३, पुष २०७७

    झापा । झापाको शिवसताक्षीमा मालवाहक ट्रकको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

    शिवगञ्जबाट दुधेतर्फ आउँदै गरेको मे १ ख ३१९२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय धनबहादुर राईको ११ वर्षीय छोरा भीम राईको घटनास्थलमै मृत्यु भएको हो। उक्त सडकखण्डअन्तर्गत शिव चोकमा साइकलमा सवार बालकलाई ट्रकले....

  • भारत लैजाने क्रममा पशुपतिनगरबाट तीन किशोरीको उद्धार

    न्यूजलय बिहीबार २३, पुष २०७७

    इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट उनीहरुलाई उद्धार गरेको हो ।

    सङ्खुवासभा मकालु गाउँपालिकाका किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।....

  • उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिका ढकाल

    न्यूजलय सोमबार २०, पुष २०७७

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । महासंघमा विराटनगरका भीम घिमिरे र झापाका टिका ढकालबीच चुनावी प्रतिस्पर्धा हुने बताउँदै आएपनि सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतबाट निर्वाचित गरिएको हो ।

    महासंघको प्रदेश १ को....

  • प्रचण्ड–माधव नेतृत्वको नेकपा सुनसरीले पालिका र वडासम्म आन्दोलन समिति बनाउँदै

    न्यूजलय सोमबार २०, पुष २०७७

    इटहरी । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अघि बढाउन पालिका तहसम्म आन्दोलन परिचालन समिति गठनको प्रक्रियालाई अघि बढाएको छ ।

    पालिका स्तरीय आन्दोलन परिचालन कमिटि निर्माण गर्ने जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई....

  • त्रिभुवन विमानस्थलबाट पेस्तोलको गोलीसहित झापाका राई पक्राउ

    न्यूजलय सोमबार २०, पुष २०७७

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

    झापा मेचीनगर–२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेको जानइएको छ । राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले....

  • सीमामा जबरजस्ती पिलर गाड्न खोज्ने एसएसबीलाई स्थानीयले लखेटेपछि..

    न्यूजलय सोमबार २०, पुष २०७७

    इलाम । पूर्वी सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पिलर गाड्न खोजेपछि स्थानीयले लखेटेका छन्।

    ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को माध्यमबाट हिले क्षेत्रको सो भू–भागमा एसएसबीले कब्जा गर्न खोजेपछि स्थानीयले प्रतिकार गरेका हुन्। स्थानीयसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर....

  • उत्तर–दक्षिण कोशी करिडोरको १४ किलोमिटर ट्रयाक खोल्ने जिम्मा सेनालाई

    न्यूजलय आइतबार १९, पुष २०७७

    इटहरी । उत्तर–दक्षिण कोशी करिडोरमा बाँकी स्थानमा ट्रयाक खोल्ने काम नेपाली सेनालाई दिइएको छ । ट्रयाक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ ।

    यो करिडोरले दक्षिणमा मोरङको विराटनगरलाई उत्तर संखुवासभाको किमाथांकालाई जोड्ने छ। मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण....

  • खानेपानी पाएपछि इलाममा फर्के बसाई सरेकाहरु

    न्यूजलय शनिबार १८, पुष २०७७

    इलाम । खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकका स्थानीयहरुले गाउँ नै छाडेका थिए । तर पछिल्लो समय पहाड खनेर पानी निकालिएपछि बसाई सरेकाहरु पनि फर्कन थालेका छन् ।

    पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेको तथ्यांक....

  • सुनसरीमा बन्यो आन्दोलन परिचालन समिति, आचार्यले भने, ‘ओली कम्युनिष्टको वंशनाश अभियानमा'

    न्यूजलय शनिबार १८, पुष २०७७

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन चर्काउने भएको छ । त्यसको लागि सुनसरीमा परिचालन समिति गठन गरेको छ ।

    शनिबार आयोजित भेलाले सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलाको नेतृत्वमा १५ सय ९१ सदस्यीय आन्दोलन परिचालन समिति घोषणा गरेको छ ।

    त्यसैगरी,....

  • पूर्वराजाले मेची क्राउन प्लाजामा मनाए नयाँ वर्ष

    न्यूजलय शुक्रबार १७, पुष २०७७

    झापा । झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष मनाएका छन् ।

    उनी बिहीबार बेलुका मेची क्राउन प्लाजा पुगेका थिए । पूर्वराजा शाहले त्यहाँ करिब पाँचघण्टा बिताएको जानइएको छ । पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।