Newslaya Home

पूर्व

  • शुक्रबार झापाका ४ महिला सहित २८ जनामा कोरोना देखियो

    न्यूजलय शुक्रबार १९, असार २०७७

    विराटनगर । झापामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार गरिएको परिक्षणको क्रममा झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष र १ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

    आज प्रदेश....

  • इटहरीमा आफ्नै शरीरमा आगो लगाएका ट्याक्सी व्यवसायीको मृत्यु

    न्यूजलय शुक्रबार १९, असार २०७७

    इटहरी । सुनसरीको इटहरी–५ स्थित कृष्ण पेट्रोल पम्प नजिकै होटेल अगाडी आफ्नै शरीरमा आगो लगाएका ट्याक्सी व्यवसायीको मृत्यु भएको छ ।

    बिहीबार आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेका ४५ वर्षीय शुर्य बहादुर अधिकारीको उपचारका लागि काठमाडौं लाने क्रममा बटैमा मृत्यु भएको हो ।

    उनलार्इ....

  • झापाका एक युवकले गरे आफ्नै घाँटी रेटेर आत्महत्या

    न्यूजलय शुक्रबार १९, असार २०७७

    झापा । झापाका एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिवारी गाउँपालिका–४ का २१ वर्षीय सन्दिप शर्माले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

    उनले बिहीबार अपरान्ह चक्कुले आफ्नै घाँटी रेटेका थिए । घाँटी रेटेर गम्भीर घाइते भएका उनलाई उपचारका....

  • विराटनगरबाट अबैध समान सहित ६ जना पक्राउ

    न्यूजलय बिहीबार १८, असार २०७७

    विराटनगर । मोरङको विराटनगर महा–नगरपालिका–१२ बखरीबाट अबैध समान सहित ६ जना पक्राउ परेका छन् ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा बढीको अबैध समान सहित ६ जनालाई बिहीबार (आज) बिहान पक्राउ गरेको....

  • खोटाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलय बिहीबार १८, असार २०७७

    विराटनगर । खोटाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बिहीबार गरिएको परिक्षणको क्रममा खोटाङको दिक्तेलका एक जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये चारजना महिला....

  • खोटाङ अस्पतालमा डिजिटल एक्स–रे मेसिन सञ्चालनमा

    न्यूजलय बिहीबार १८, असार २०७७

    खोटाङ । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स–रे (कम्प्युटराइज रेडियोग्राफी) मेसिन सञ्चालनमा ल्याइएको छ ।

    वर्षौंदेखि मेनुअल एक्स–रे मेसिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले १६ लाख मूल्य पर्ने डिजिटल एक्स–रे मेसिन जडान गरेको हो ।

    १५ शय्या क्षमताको जिल्लाको एकमात्र अस्पतलमा डिजिटल एक्स–रे मेसिनबाट सेवा दिन....

  • उर्लाबारीमा कोरोना संक्रमतिको संख्या ७ पुग्यो

    न्यूजलय बिहीबार १८, असार २०७७

    विराटनगर । मोरङको उर्लावारीमा कोरोना भाइरस संक्रमतिको संख्या ७ पुगेको छ ।

    बिहीबार थप ६ जनामा कोरोना संक्रमण देखिएको उर्लावारी स्वास्थ्य शाखाले पुष्टि गरेको हो ।

    आज थप ६ जनामा कोरोना पोजेटिभ देखिए सँगै संक्रमित हुनेको कुल संख्या ७ पुगेको जनाइएको छ । संक्रमित हुनेहरुमा....

  • इटहरीमा अबैध सुर्तिजन्य पदार्थ सहित दुई जना पक्राउ

    न्यूजलय बिहीबार १८, असार २०७७

    इटहरी । सुनसरीको इटहरी–४ पञ्चकन्या मन्दिर अगाडीबाट भन्सार छलेर ल्याएको सुर्तिजन्य पदार्थ सहित दुई जनालाई पक्राउ गरिएको छ ।

    भारतबाट अबैध रुपमा प्र. १०४००१ च ००३५ नम्बरको बोलेरो गाडीमा भन्सार छलेर ल्याएको सुर्तिजन्य पदार्थ सहित गढी गाउँपालिका–३ छिटाहा वस्ने सुरज कुमार मेहता र दुहबी नगरपालिका....

  • झापामा थपिए २० जना कोरोना संक्रमित

    न्यूजलय बुधबार १७, असार २०७७

    विराटनगर । झापामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बुधबार गरिएको परिक्षणको क्रममा झापाका २० जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

    आज थप हुनेहरुमा मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४....

  • ताप्लेजुङका एक जनामा कोरोना पोजेटिभ

    न्यूजलय बुधबार १७, असार २०७७

    विराटनगर । ताप्लेजुङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणको क्रममा ताप्लेजुङको फुङलिङका एक जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रदेश १ मा बुधबार २६ जना....