Newslaya Home

पूर्व

  • ढुवानी असहज हुँदा पूर्वमा औषधि अभाव

    न्यूजलय सोमबार ०१, बैशाख २०७७

    विराटनगर । ट्रान्सपोर्ट कम्पनीले ढुवानी गर्न आनाकानी गरेपछि प्रदेश १ मा औषधि अभाव हुन थालेको छ । काठमाडौं र विरगन्जबाट आउने औषधि विराटनगरबाट मात्रै अन्य जिल्लामा ढुवानी हुने भएकाले वितरणमा समस्या हुन थालेको हो ।

    पहिला आयात गरिएको औषधी सकिन थालेपछि वितरण गर्न समस्या भएको....

  • सिमा क्षेत्रमा कडाई गर्न मुख्यमन्त्री राईको निर्देशन

    न्यूजलय शनिबार २९, चैत २०७६

    विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले सिमा क्षेत्रमा कडाई गर्न निर्देशन दिएका छन् ।

    शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले लकडाउनको बेलामा राहत वितरणमा अत्यन्तै भिडभाड र खुल्ला सिमानाका कारण प्रदेशमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएको भन्दै सिमामा कडाई....

  • प्रदेशमा लक डाउन अझ कडा बनाउने

    न्यूजलय शुक्रबार २८, चैत २०७६

    मोरङ । प्रदेश १ सरकारले लकडाउनलाई अझ कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

    शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना बनाउने जिम्मेवारी तोकेको....

  • सडकमा रहेकालाई सामूहिक आवास गृहमा राख्ने धरान उपमहानगरको निर्णय

    न्यूजलय शुक्रबार २८, चैत २०७६

    धरान । सुनसरीको धरान उपमहानगर पालिकाको सडकमा रहेको मानिसलाई सामूहिक आवास गृहमा राखिने भएको छ ।

    बिहीबार प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसहितको बैठकले सडकमा अव्यवस्थित रूपमा रहेका मानिसहरूलाई धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा राख्ने निर्णय गरेको हो ।

    धरानका सुरक्षाकर्मीहरुले सडकमा बस्दै....

  • वीपी प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञानेन्द्र गिरी नियुक्त

    न्यूजलय बिहीबार २७, चैत २०७६

    धरान । सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् ।

    बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको सहकुलपति एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डेढ महिना अघि गरेको सिफारिसको आधारमा कुलपति समेत रहेका डा. गिरीलाई उपकुलपतिमा नियुक्त....

  • इलाममा क्वरेण्टीनबाट भागेका युवक फेला

    न्यूजलय बिहीबार २७, चैत २०७६

    इलाम । इलामको क्वरेण्टीनबाट भागेका एक युवक मङ्गलबार भेटिएका छन् । सोमबार राति क्वरेण्टीन वार्डको झ्यालबाट भागेका २२ वर्षीय सरोज अधिकारी इलाम नगरपालिका–९ को सिंहबाहिनी मन्दिरमा भेटिएका हुन् ।

    मन्दिरको बाटो हुदैँ गोलाखर्कतर्फ जान लागेको अवस्थामा भेटिएका युवालाई फेरि क्वरेण्टीनमा लगेर राखिएको छ । अधिकारीलाई....

  • सुनसरीमा ११ जना पाकिस्तानीलाई क्वारेन्टाइनमा राखियो

    न्यूजलय बुधबार २६, चैत २०७६

    इटहरी । सुनसरीको दुहवी–१ स्थित जामे मस्जिदमा बनाइएको क्वारेन्टाइनमा ११ जना पाकिस्तानीलाई राखिएको छ ।

    गत फाल्गुण २४ गते धर्म प्रचारको लागि काठमाण्डौ हुँदै सुनसरी प्रवेश गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

    लकडाउन सुरु भएको १ दिन अगाडी दुहवीको जामे मस्जीदमा आश्रय लिएर बसेका मो.....

  • प्रदेश १ : कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा

    न्यूजलय मङ्गलबार २५, चैत २०७६

    विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा तीनका परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

    प्रदेश १ सरकारको मंगलबार बसेको बैठकले कोरोना संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय....

  • कोरोना विरुद्ध राहत संकलनमा सुकुना क्याम्पसको सहभागिता

    न्यूजलय मङ्गलबार २५, चैत २०७६

    विराटचोक । मोरङको सुन्दरहरैचा–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसले राहत संकलनमा सहभागिता जनाएको छ ।

    मंगलबार क्याम्पसले प्राध्यापक, कर्मचारीहरुको तर्फबाट एक दिनको तलब बराबर हुन आउने रकम रु. १ लाख २ हजार १७४ रुपैयाँ राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरेको हो ।

    विश्वव्यापी फैलिएको....

  • प्रदेश १ को कोरोना कोषमा ११ करोड ६५ लाख संकलन

    न्यूजलय सोमबार २४, चैत २०७६

    विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ ।

    कोषमा आज (सोमबार) थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ जम्मा भएको हो । कोषमा आइतबारसम्म ११ करोड ५९....