Newslaya Home

पूर्व

  • पशुपतिनगर नाकाबाट ७६ जना नेपालीको उद्दार

    न्यूजलय सोमबार १२, जेठ २०७७

    इलाम । रोजगारीका लागि भारत गएका ७६ जना नेपाली नागरिकलाई एकैदिन इलामको पशुपतिनगर नाकाबाट इलाम प्रवेश गराइएको छ ।

    लकडाउनका कारण समस्यामा परेकाले उनीहरुको नाकामा नै स्वास्थ्य जाँच गरी इलाम ल्याइएको हो । इलाम ल्याइएका नागरिकहरु इलाम बाहिर दोलखा, तेह्रथुम, काठमाण्डौ लगायत स्थानका रहेको इलाका....

  • प्रदेश १ प्रमुख सोमनाथ प्यासीले दिए मुस्लिम समुदायलाई इदको सुभकामना

    न्यूजलय सोमबार १२, जेठ २०७७

    इटहरी । प्रदेश १ का प्रमुख सोमनाथ प्यासीले मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा शुमकामना व्यक्त गरेका छन् ।

    सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै प्यासीले यस....

  • फाल्गुनन्द गाउँपालिकालाई गोरखा वेल्डफेयरको प्राविधिक सहयोग

    न्यूजलय आइतबार ११, जेठ २०७७

    पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई गोरखा वेल्डफेयरले कोरना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि विभिन्न सामाग्री सहयोग गरेको छ ।

    गोरखा वेल्फेयरको ट्रस्ट धरानको प्राविधिक सहयोगमा धारा सहितको ५ सय लिटर ड्रम, सेनिटाइजर, सर्जिकल माक्स, ग्लोप, हेड्वासिङ लगायतका विभिन्न सामाग्री सहयोग गरिएको हो....

  • कोरोना उपचारको लागि क्षमता दोब्बर बनाउँदै प्रदेश १ सरकार, दैनिक हजार जनाको परीक्षण

    न्यूजलय शनिबार १०, जेठ २०७७

    विराटनगर । प्रदेश १ मा कोभिड—१९ को उपचार गर्ने अस्पतालको क्षमता विस्तार गर्ने तयारी गरिएको छ । शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले सोसम्बन्धि योजना बनाएको छ ।

    बैठकले कोसी अस्पताल अन्तरगत रहेको ५० बेडको कोभिड १९ उपचार केन्द्रको क्षमता बढाएर एक सय....

  • ताप्लेजुङका बेपत्ता युवक मृत फेला

    न्यूजलय शनिबार १०, जेठ २०७७

    ताप्लेजुङ । मंगलबारदेखि बेपत्ता ताप्लेजुङका २१ वर्षीय केशव खवास मृत फेला परेका छन् । उनको शव शुक्रवार साँझ मेवाखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

    मिक्वाखोला गाउँपालिका ४ का खवास मेवाखोलामा हामफाली बेपत्ता भएको जानकारी आएपछि प्रहरीले खोजतलास....

  • प्रदेश १ का मुख्यमन्त्री र सभामुखसहित १ सय ८५ जनाको स्वाब संकलन

    न्यूजलय शनिबार १०, जेठ २०७७

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीसहित १ सय ८५ जनाको स्वाब संकलन गरिएको छ ।

    जेठ १४ गतेदेखि सुरु हुने प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनअघि नै कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको हो । प्रदेश १ संसद....

  • धरानलाई विशेष प्राथमिकतामा राख्न मुख्यमन्त्रीलाई पत्र

    न्यूजलय शुक्रबार ०९, जेठ २०७७

    धरान । धरान उपमहानगरपालिकाले प्रदेशसभाका सदस्यहरु मार्फत मुख्यमन्त्रीलाई पत्र पठाएको छ ।

    शुक्रबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई पत्र लेख्दै उपमहानगरपालिकाले धरानमा कोरोना उपचार गर्ने विशेष अस्पताल भएकाले स्वास्थ्यको मामिलामा थप विशेष बनाउन आग्रह गरेको हो ।

    महामारीको समयमा खटिएका कर्मचारी र जनप्रतिनिधिहरुको स्वास्थ्य परीक्षण....

  • नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुग्यो, कहाँ कति थपिए ?

    न्यूजलय बिहीबार ०८, जेठ २०७७

    काठमाडौं । नेपालमा आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि.पि. कोइराला स्वास्थ्य....

  • पुर्वी नेपालमा अम्पुन आँधीको असर : बिहानैदेखी धुम्म र चिसो मौसम

    न्यूजलय बुधबार ०७, जेठ २०७७

    काठमाडौँ । बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रभावले पुर्वी नेपालमा बिहानैदेखि धुम्म र चिसो मौसम भएको छ । तर यसको प्रत्यक्ष प्रभाव भने नपर्ने मौसमविदले बताएका छन् ।

    अम्पुन आँधी अहिले पनि समुद्रमै छ, तर उत्तर पूर्व तर्फ तीव्र गतिमा बढी रहेको अम्पुन बुधबार अपराहन्न....

  • झापाबाट नेपाल छिरेका १ सय ५८ जनालाई क्वारेन्टाइनमा राखियो

    न्यूजलय बुधबार ०७, जेठ २०७७

    भद्रपुर । नेपाल भारतको सीमावर्ती क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रममा १ सय ५८ नेपालीलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ ।

    झापाको काँकडभिट्टा नाकाबाट ७८ जना र कचनकवल गाउँपालिकास्थित पाठामारी नाकाबाट ८० जनालाई मङ्गलबार लुकिछिपी नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    उनीहरूलाई....