सेयर बजारमा गिरावट

न्युजलय १२ असार २०८२, बिहिबार ०३:३८ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । 

आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो ।

बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको सेयरमूल्य १।१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको सेयरमूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।

बिहिबार ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।