Newslaya Home

पत्रपत्रिका

  • ‘मरे पनि मरिन्छ, तर देउता खुशी पार्न छाउ त बार्नै पर्छ’

    न्यूजलय सोमबार १६, साउन २०७४

    दैलेख । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोज्नुभो । दुई महिलाले समातेर उहाँलाई कौसीसम्म ल्याए ।

    कपाल मुन्डन....

  • प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी तीव्र, कहिले जादैछन ?

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो । परराष्ट्र अधिकारीका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ....

  • जग्गा खरिदमा करोडौं अनियमितता

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ। जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो।

    निगमले करिब १ अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड....

  • झाँक्रीबाट दुइ महिला बलात्कृत

    न्यूजलय सोमबार १६, साउन २०७४

    म्याग्दी । बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।

    बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्धा....

  • अब कर्मचारी पदपूर्ति तोकिएको मितिमा मात्र

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाण्डौ । सुरक्षा निकाय, सार्वजनिक संस्थान, प्राधिकरण लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्ति गर्दा अब तोकिएको मितिमा मात्र गर्न पाइनेभएको छ। निजामती सेवामा जस्तै सुरक्षा निकाय लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्तिका लागि खोलिने विज्ञापन, लिखित परीक्षा सञ्चालन, मौखिक र नतिजा प्रकाशनलाई व्यवस्थित गर्न लोकसेवा आयोगले सुरक्षा....

  • अब घरमै थाहा हुन्छ मौसमसम्बन्धि जानकारी

    न्यूजलय सोमबार १६, साउन २०७४

    इलाम । जिल्लाका विभिन्न स्थानको पानीजन्य जोखिम र हावापानीको अवस्था अब घर बसीबसी अध्ययन गर्न सकिने भएको छ । जल तथा मौसम विज्ञान विभाग र नेपाल रेडक्रस सोसाइटीलेजिल्लाका ५ स्थानको मौसमी विवरण र एक ठाउँमा बाण्ीको बहाव परिीक्षण मेसिन राखेर त्यसको रेकर्ड हेर्ने व्यवस्गा मिलाएकाहुन्।

    ....

  • राप्रपा भित्रका प्रभावशाली नेता थापाको प्रतिकारमा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । पार्टी्भित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ ।

    एकीकरणपूर्वको अध्यक्षसमेत रहेका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले एकतर्फी रूपमा भएको मनोनयनलाई....

  • निर्वाचन आयुक्तलाई १५ करोडको गाडी किन्न आयोगको टेन्डर

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ ।
    तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान....

  • बलात्कार घटनाको अनुसन्धानमा संलग्न १२ प्रहरी कारबाहीमा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौँ । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ ।

    घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको हो ।....

  • अनावश्यक विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको निर्देशन

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन् । दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक विदेश भ्रणमा गएको विषयमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अनावश्यक भ्रमण रोक्न मुख्य सचिव क्षेत्रीलाई....