Newslaya Home

पत्रपत्रिका

  • ‘प्रदेश स्तर’बाटै क्षेत्र निर्धारण

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले पहिले ‘प्रदेश स्तर’ बाटै क्षेत्र निर्धारण गर्ने भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँगको छलफलपछि आयोगले दलहरूको सुझावका आधारमा ‘प्रदेशस्तर’ बाटै क्षेत्र निर्धारण गर्ने जनाएको हो ।

    ‘पहिले प्रदेशस्तरमा जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गर्ने,....

  • प्रधानमन्त्रीको निर्देशन सरकारी अधिकारीले टेरेनन्

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।
    सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको छ । खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई....

  • सुन काण्डका आरोपी एससपीलाई साधारण तारेखमा रिहा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । ३३ किलो सुनको अवैध कारोवार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एससपी) श्यामबहादुर खत्रिलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
    न्यायधीशद्धय भीमकुमार ओझा र बलभन्द्र बाँस्तोलाको संयुक्त ईजालासले शुक्रबार खत्रिलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

  • छोरी जन्माएको भन्दै निर्घात कुटपिट गरी घर निकाला

    न्यूजलय सोमबार १६, साउन २०७४

    कपिलबस्तु। छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका-५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन् ।

    ‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे’, खातुनले दुखेसो पोखिन । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन....

  • कतार संकटले नेपालमा यस्तो असर

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।
    नेपालीको समस्याबारे दोहास्थित....

  • यस कारण कांग्रेसबाहेक अन्य पार्टीसँग तालमेल गर्दैछ एमाले

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने आकांक्षा राखेको एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसबाहेक बाँकी सबै पार्टीसँग २ नम्बर प्रदेशमा चुनावी तालमेल गर्ने नीति लिएको छ । कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दाबी गरेपछि कांग्रेसलाई उछिन्न र पहिलो नम्बरमा यथावत....

  • विवादमा किन तानिए आइजीपी अर्याल ?

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)....

  • ‘संघीय फोरमसँग एकताको अध्याय सकियो’ - बाबुराम

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको अध्याय सकिएको घोषणा गरेका छन् । फोरमले भने एकताका लागि सैद्धान्तिक कुरा मिलिसकेको भन्दै तेस्रो चरणको चुनावअगावै एकता हुन सक्ने सम्भावनाको ढोका खुलै राखेको जनाएको छ । शुक्रबार दुवै दलको केन्द्रीय समिति बैठक....

  • सार्वजनिक सवारीको भाडा फेरि बढ्ने

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ ।
    विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले....

  • पञ्चायतको आदेश : बलात्कारको बदलास्वरुप बलात्कार

    न्यूजलय सोमबार १६, साउन २०७४

    इस्लामाबाद । पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।

    युवतीको दाइले एउटी बालिकामाथि बलात्कार गरेका थिए, र त्यसैको बदलास्वरुप पञ्चायतले यो आदेश दिएको समाचारहरुमा उल्लेख छ । प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले....