काठमाडौं । नेकपा एमालेको आगामी १० औं माहाधिवेशनमा एक हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ।
बिहीबार ललितपुरको तुलसीला स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिको टुंगो लगाएको हो। बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भुगोलबाट एक हजार १९६ जना सहभागी हुने जानकारी दिए।
ज्ञवालीका अनुसार ४९ प्रतिशत खुल्ला प्रतिनिधि हुने बाँकी समावेशी प्रतिनिधि हुनेछ।
प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ प्रतिशत पुग्ने गरी कम्तिमा ३ जना महिला प्रतिनिधि रहने प्रवक्ता ज्ञवाली बताउँछन्। यसलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्ने प्रवक्ता ज्ञवालीले बताए।