काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५० नाघेको अन्तर्राष्ट्यि समाचार संस्थाहरुले जनाएका छन् ।
मृत्यु हुनेहरुको संख्या थपिइरहेको जनाइएको छ । भूकम्पबाट केही घरहरूमा क्षति पुगेको छ ।
तिब्बतको दिङ्गे केन्द्रविन्दु भएर मङ्गलबार बिहान ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भुकम्पको कारण नेपाल, भारत, बंगलादेश, भुटानमा समेत धक्का महसुस गरिएको थियो ।