सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ०९:०४ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । 


उनको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् । 


उनी लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।