Newslaya Home

राष्ट्रिय

  • जेष्ठ १ गते शेरबहादुर देउवा प्रधानमन्त्री

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेष्ठ १ गते राजीनामा दिने वचन कांग्रेस नेताहरूलाई दिएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न वचन दिएको स्रोतले बताएको छ ।
    यसैबीच प्रमुख प्रतिपक्षी एमालेले कांग्रेसलाई सत्ताबाहिर राखेमा माओवादी सरकारलाई नै समर्थन....

  • रेडक्रसको बजेट पाँच अर्ब रुपैया

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिन्धुली । नेपाल रेडक्रस सोसाइटी को ४६औँ केन्द्रीय महाधिवेशनले २०७४÷७५ का लागि पाँच अर्ब १४ करोड ४० लाखको बजेट पारित गरेको छ । सिन्धुलीमा भर्खरै सम्पन्न भएको महाधिवेशनले उक्त रकमको बजेट पारित गरेको हो ।
    यसका साथै सोसाइटीले भुकम्प प्रभावित ‘क’ वर्गका १४ वटा....

  • गाडी चलाउन बन्द गर्नुपर्ने गगन थापा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् ।
    उनले हरेक शुक्रबारलाई ‘फ्रि भेइकल डे’ अर्थात् शुक्रबारको दिन गाडी चलाउन बन्द गर्ने देखि निश्चित समयपछि उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाउने....

  • निर्वाचन बहिस्कार गर्ने मोर्चाको निर्णय, आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेको भोलिपल्ट मोर्चाले यस्तो निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले....

  • राष्ट्रपति भण्डारीको भारत भ्रमण

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । राष्ट्रपति विद्या भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने कुरा सार्वजनिक भएको छ । राष्ट्रपतिका रुपमा भण्डारीको पहिलो बिदेश भ्रमण हो । राष्ट्रपति भण्डारीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै गुजरात र उडिसाको भ्रमण गर्ने तय भएको छ ।
    भारतको विदेश मन्त्रालयका अनुसार....

  • १८ भूकम्प मापन केन्द्र थपिँदै

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा १८ भूकम्प मापन केन्द्र थप गरीने भएको हो ।
    राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र १८ केन्द्र थपिन लागेको बताए । कोइरालाको अनुसार सन् २०१८....

  • नयाँशक्ति र संघीय फोरमबीच पार्टी एकता

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । हालै भएको पार्टीको बैठकमा नयाँ शक्तिका वार्ता टोली संयोजक रामचन्द्र झाले नयाँ वर्षको उपहारका रुपमा फोरमसँग पार्टी एकता हुने दाबी गरेका छन् । भट्टराईको नेतृत्व स्वीकार गर्दै एकतामा आउन संघीय समाजवादी फोरमका अध्यक्ष यादव तयार भएका हुन् ।नयाँ वर्षको पहिलो साता एकता घोषणा....

  • आयोगको निगरानीमा फेसबुक-ट्विटर

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत निगरानीमा राख्ने र उल्लङ्घन भएको पाइएमा दण्ड सजायसमेत गर्ने भएको छ । निर्वाचन आयोगले यस पटकदेखि स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमा समेत निर्वाचनको आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन र कारबाही गर्ने जनाएको छ....

  • म्यादी प्रहरी नियुक्ति गर्न स्वीकृति

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ७५ हजार म्यादी (आवधिक) प्रहरी नियुक्ति गर्न स्वीकृति दिएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले राजविराज घटनामा....

  • गाेल्छा समूहको बहुमत हासिल

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सहित उनको समूहले बहुमत हासिल गरेको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र अधिकांश कार्यकारिणी सदस्यमा गोल्छा समूहको वर्चस्व रह्यो । वरिष्ठ उपाध्यक्षमा गोल्छाले ६३।३० प्रतिशत मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी किशोरकुमार प्रधानले ३६।७० मत ल्याएका....