Newslaya Home

राष्ट्रिय

  • फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी बीच एकता घोषणा हुने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच बुधबार पार्टी एकता घोषणा हुने भएको छ ।
    स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो । एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक....

  • भिजिट भिसामा खाडी देशहरू जान रोक

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । आर्थिक प्रलोभनमा परी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको छ ।

    मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई सेटिङमा पारी भिजिट भिसामा खाडी मुलुक पठाउदै आएका थिए । गृह....

  • प्रदेश २ र ५ मा चुनाव स्थगित गर्ने सरकारको मनस्थिति

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । स्थानीय चुनावअघि मधेसवादी दलहरुसँग प्याकेजमा सहमति सम्भावना टर्दै गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर २ र ५ मा चुनाव स्थगित गर्ने मनस्थिति बनाएका छन् ।

    दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापा तथा माओवादी केन्द्रभित्र आफू निकट नेताहरुसँग यस्तो....

  • नेपाल बैंकले हकप्रद जारी गर्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ । सरकारी स्वामित्तवको नेपाल बैंक लिमिटेडले असार मसान्त सम्ममा चुक्ता पुँजी बढाउनका लागि हकप्रद जारी गर्न लागेको हो । हालको चुक्ता पुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
    बैंकले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार वरावरको हकप्रद निस्काशन गर्न....

  • चन्दा नदिएको भन्दै नेविसंघ नेताको हत्या गरिएको खुलासा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    जाजरकोट । चन्दा नदिएको भन्दै विप्लवका कार्यकर्ताले नेविसंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्या गरेको प्रहरीले जनाएको छ।
    घटनामा संलग्न मध्यका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई प्रहरीले सार्वजनिक गरेको छ । दुवै जनाले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

  • द्रुत मार्ग निर्माणको जिम्मा सेनालाई

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । राजधानीबाट तराई–मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ । लामो समयसम्म बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले सेनाको व्यवस्थापनमा द्रुत मार्ग निर्माण अघि बढाउने प्रक्रिया सुरु गर्न लागेको....

  • निर्वाचन सार्न सकिदैन:प्रमुख आयुक्त

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अब कुनैपनि बहानामा बैशाख ३१ गतेको निर्वाचन नसर्ने र निर्धारित मितिमै हुनेमा ढुक्क हुन आम जनतालाई आह्वान गरेका छन् ।
    उनले मधेसी दलहरु वैशाख ३१ कै निर्वाचनमा भाग लिन आउने विश्वास समेत व्यक्त गरे । यादवले....

  • निर्वाचन गराइए मुलुकमा द्वन्द्व हुने : अध्यक्ष महतो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भैरहवा । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्व हुने बताएका छन् ।
    मंगलवार सद्भावना पार्टी रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकाय नहुने महतोले बताए ।
    संयुक्त लोकतान्त्रिक....

  • विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एक पाइलटले चितुवा देखेको भन्दै झण्डै एक घण्टा विमानस्थल अबरोध भयो । चितुवा देखेपछि कर्मचरी र सिकारी परिचालन गरी चितुवाको खोजी भयो तर कतै चितुवा फेला परेन । कर्मचारी र सिकारीले भने विमानस्थल भित्र चितुवाको खोजी गर्दा स्याल फेला....

  • निर्वाचन दुई चरणमा गर्ने सरकारको तयारी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विश्वासमा लिने नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन्।  नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँगको आन्तरिक बैठकमा दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने विकल्प अघि सारेका हुन्। प्रधानमन्त्री....