Newslaya Home

राष्ट्रिय

  • खर्च गर्न नसक्दा प्राधिकरणको ४१ अर्ब फ्रिज

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई दिने भनेको रकम खर्च गर्न नसक्दा फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेकाले ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको हो ।
    खर्च गर्ने अख्तियारी पाएको कुल ७६....

  • महाकाली नदीमा हराएका किशोर खोज्न हात्ती परिचालन

    न्यूजलय सोमबार २३, साउन २०७४

    भीमदत्तनगर । दुई दिनअघि महाकाली नदीमा हराएका युवाहरुलाई खोज्न हात्ती परिचालन गरिएको छ । सोमबार बिहानदेखि बेपत्ता युवाको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तीन हात्ती ल्याएर परिचालन गरिएको हो ।
    शनिबार दिउँसो महाकालीमा पानीको बहाव बढेसँगै नदी तर्ने क्रममा भीमदत्तनगरपालिका–१४ वनकट्टीका १६/१६ वर्षीय कपिल खाती....

  • नेपाल–चीन जोड्ने सडकका लागि करिब ६० करोड

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । अर्थ मन्त्रालयले नेपाल –चीन जोड्ने सडकका लागि करिब ६० करोड निकासा गरेको छ ।
    नेपाललाई चीनसँग जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार ओलाचुङगोला टीपतालपास सडक खण्डका लागि उक्त रकम निकासा गरिएको हो ।
    अर्थ मन्त्रालयले भोतिक पुर्वाधार तथा याताया मन्त्रालयलाई सो....

  • १४ करोडको गाडी किन्न अर्थ मन्त्रालयको सहमति

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई करिब १४ करोड मूल्य पर्ने पाँच वटा नयाँ गाडी खरिद गर्न सहमति गरेको छ ।

    आयोगले आफूसँग अहिले नै उच्च स्तरका गाडी हुँदाहुँदै प्रमुख आयुक्त र अन्य चार आयुक्तका लागि पाँचवटा विलासी गाडी किन्न खोजेको हो । निर्वाचनका लागि....

  • निर्वाचन अघि संविधान संसोधन गर्न नसकिनेः प्रधानमन्त्री

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोश्रो चरणको निर्वाचन अगावै संविधान संसोधन गर्न नसकिने बताए ।
    व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले चुनावको मिति नजिक आईसकेको भन्दै उनले त्यसअघि सबैलाई सहमतिमा ल्याई संविधान संसोधन गर्न नसकिने स्पष्ट पारे। उनले निर्वाचन सम्पन्न गरेपछि....

  • मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, प्रहरी भेन समेत पुरियो, २ जनाको मृत्यु

    न्यूजलय सोमबार २३, साउन २०७४

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको पहिरोले प्रहरीको भ्यान पुरिंदा दुई जनाको मृत्यु भएको छ । दुई जना प्रहरी वेपत्ता छन् । सडकखण्डको कालीखोला क्षेत्रमा पहिरो झरेको हो । सोही स्थानमा ना ५ ख ७८२७ नम्बरको ट्रकलाई पनि पहिरोले पुरेको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११....

  • स्थानीय तहमै फोटोसहितको मतदाता नामावली

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । मतदाता नामावलीमा नाम छुटेकाहरु जिल्ला सदरमुकाम धाउनु नपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि साउन ३२ गतेसम्मका लागि थप गरेको छ ।
    निर्वाचन आयोगको मंगलबार बसेको बैठकले....

  • शनिबार र आइतबार हुने कोरियन भाषा परीक्षाको परीक्षा केन्द्रहरु

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । जेठ २६– शनिबार र आइतबार सञ्चालन हुने आठौं कोरियन भाषा परीक्षाको तयारी पूरा भएको छ । शुक्रबार २६ वटा परीक्षा केन्द्रको निरिक्षण गरिएको शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।
    परीक्षा सञ्चालनका लागि कोरियाबाट सामाग्रि र जनशक्ति आइसकेको खतिवडाले बताए । परीक्षाका....

  • आपूर्ति सचिवले खोले ग्याँस बुलेट भारतमै रोकिनुको कारण

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । आपूर्ति सचिव प्रेमकुमार राईले भारतमा अड्किएका करिब ४ सय ग्याँस बुलेट नेपाल भित्रयाउन आपूर्ति मन्त्रालय एक्लैले सक्ने अवस्था नरहेको बताएका छन् । सचिव राईले भारतीय आयल निगमलाई अड्किएका ग्याँस बुलेट नेपाल पठाउन पटक–पटक गर्दै आएको पत्राचारले समेत काम गर्न नसकेको पनि स्पष्ट पार्नुभयो....

  • भ्रष्टाचारको विरोध गर्ने सहायक जिशिअ नायब सुब्बाबाट कुटिए

    न्यूजलय सोमबार २३, साउन २०७४

    जनकपुरधाम । जिल्ला शिक्षा कार्यालय धनुषाका नायब सुब्बाले आफ्नै हाकिमलाई कुटपिट गरेका छन् । सहायक जिशिअ मेहीलाल यादवले निजी विद्यालयलाई कारबाहीको लागि पत्र काटेपछि कार्यालयका नायब सुब्बा अनिलकुमार रायले कुटपिट गरेका हुन् । उनले चप्पलले कुटपिट गरेका थिए ।
    बिना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई....