Newslaya Home

राष्ट्रिय

  • सरकारलाई ७२ घण्टे अल्टिमेटम चर्को भर्ना शुल्क फिर्ता गराउन माग

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । अहिले निजी विद्यालयहरुमा विद्यार्थी भर्नाको बहानामा चर्को शुल्क असुली गर्ने चलन धैरै नै बढेको पाइन्छ । शैक्षिक क्षेत्रमा देखिएका यस्ता खालका समस्या समाधान गर्न भन्दै प्रमुख विद्यार्थी संगठनहरुले कार्यदल गठन गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले सोमबार तीन सदस्यीय कार्यदल गठन....

  • निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता अनुगमन तीव्र

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । निर्वाचनका लागि उम्मेदवारी दर्ता भए लगत्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र बनाएको छ ।
    आयोगले केन्द्रबाटै सचिव र सहसचिवको नेतृत्वमा हरेक जिल्लामा उच्चस्तरिय अनुगमन टोली खटाएको जनाएको छ । आयोगले बुधबारबाट उच्चस्तरको टोली खटाइसकेको जनाएको छ । निर्वाचन आयोगले आयुक्तस्तरको अर्को....

  • नेपालीको आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय पाँच हजार डलर

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने योजना नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा समेट्ने भएको छ । पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने एमालेको दाबी छ ।
    पछिल्लो तथ्यांक अनुसार नेपाली प्रतिव्यक्ति....

  • ‘विकास र आर्थिक समृद्धि नै मुख्य एजेन्डा’ कांग्रेसका उम्मेदवार

    न्यूजलय आइतबार २२, साउन २०७४

    भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि विकास र आर्थिक समृद्धि नै आफूहरुको मुख्य एजेन्डा हुने बताएका छन् ।
    बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा सुर्यविनायक नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार विष्णुराज कार्की, चाँगुनारायण नगरपालिकामा कांग्रेसबाट मेयरका....

  • आयल निगमको पुँजी बढाइने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नेपाल आयल निगमले चुक्ता पुँजी बढाएर २० देखि २५ अर्ब पुर्‍याउने तयारी गरेको छ । वाषिर्क १ खर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्युन भएपछि वृद्धि गर्न सुरु गर्ने योजना बनााएको हो । पुँजी बढाउन नाफाको प्रयोग गर्ने बताइएको छ ।

  • नेपालमै गैँडा र चितुवालाई जेल हालियो

    न्यूजलय आइतबार २२, साउन २०७४

    बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे मारेको गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवा अहिले जेल परेका छन् । थप जनधनको क्षति हुनबाट रोक्नका लागि उनीहरुलाई सजाय दिइएको हो ।
    ठाकुरद्वाराको कृष्ण प्रणामी मन्दिरका एक वृद्ध पुजारीको ज्यान गएपछि निकुञ्जमा विक्रम नामक एउटा गैँडा....

  • एमाले–राप्रपाबिच तालमेल

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । नेकपा एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर दुबै महानगरमा तालमेल हुने भएको छ । दुबै महानगरको मेयर एमालेले लिनेछ भने राप्रपाले उपमेयर लिने समझदारी भएको नेताहरुले बताएका छन् ।
    एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई र काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने निर्णय गरेको....

  • बाल्टिन बम सेनाद्वारा निष्क्रिय

    न्यूजलय आइतबार २२, साउन २०७४

    कैलाली । कैलालीको घोडाघोडी ११ जवलपुर गाउँमा फेला परेको बाल्टिन बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । खेतको ढिस्कोमा गाडेको अवस्थामा भेटिएको बमलाई निष्क्रिय बनाएको हो ।
    स्थानीयले दिएको सूचनाको आधारमा बोराडाँडीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार बाल्टिन बम भेटेको थियो ।

  • काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीच तालमेल

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं र ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । दुबै महानगरपालिकामा एमालेलाई मेयर र राप्रपालाई उपमेयर दिने विषयमा दुबै दल सहमत भएका छन् । तर, उम्मेदवारी दिने समय केही घण्टा मात्र बाँकी रहँदा समेत दुबै दलले....

  • ग्रीनकार्डले गर्दा गुम्यो मेयर टिकट

    न्यूजलय आइतबार २२, साउन २०७४

    रामेछाप । कांग्रेसले मन्थली नगरपालिकाको प्रमुखको लागि नियुक्ति भएका युवराज भट्टराई अमेरिकाको ग्रीनकार्ड होल्डर भएपछि रामेछाप कांग्रेसले उम्मेदवार परिवर्तन गरेको छ । आज बिहान बसेको बैठकमा भट्टराईको ठाउँमा गुञ्जबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
    यसअघि आइतबार नेपाली कांग्रेस रामेछापले जिल्लाका २ वटा....