Newslaya Home

राष्ट्रिय

  • मतपत्र च्यात्ने जो भए पनि कारबाही हुन्छः प्रचण्ड

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । चितवनको भरतपुरमा मतपत्र च्यात्ने जो कोही भए पनि कारबाही हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार सरकार अघि बढ्ने प्रचण्डले बताए ।
    बुधबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि....

  • पूर्वमा पनि सुरु भयो कांग्रेस र एमालेको झडप

    न्यूजलय बिहीबार १२, साउन २०७४

    धरान । धरानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । धरान–६ स्थित पानबारीमा चुनाव प्रचार–प्रसारका क्रममा दुवै पार्टीका कार्यकर्ताबीच भएको झडपमा एमालेका दुईजना र नेपाली कांग्रेसका एकजना कार्यकर्ता घाईते भएका छन् । एमालेका निराजन थापामगर र अशोक लुङगेली मगरको टाउकोमा चोट लागेको....

  • निर्वाचनका प्रक्रिया मंगलबारदेखीअघि बढ्ने

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा ल्याएको छ ।
    आयोगले सोमबारदेखि ४६१ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा ल्याएका हो । कार्यालय सन्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइसकेको आयोगले जनाएको छ ।
    निर्वाचन....

  • भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्न माग

    न्यूजलय बिहीबार १२, साउन २०७४

    चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुनः मतदान गर्न नेपाली कांग्रेस चितवनले माग गरेको छ । मतपरिणामलाई असर पर्ने गरी मतपत्र च्यातिएकाले पुनः मतदान गर्न कांग्रेसको माग गरेको हो ।
    कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सोमबार बिज्ञप्ति निकालेर भनेका छन् ‘वडा नं. १९....

  • भरतपुरमा देवी र रेणुको मतान्तर घट्दो

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । पहिलो चरणमा निर्वाचन भएका स्थानीय तहमध्ये अब २ ठाऊँको मात्र मतपरिणाम आउन बाँकी छ । चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका बाहेक सबै क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । यो अवस्थामा सबैको ध्यान भरतपुरमा केन्द्रित भएको छ । खासगरी भरतपुरमा प्रधानमन्त्री पुष्पकमल....

  • काठमाडौँमा विद्यासुन्दर शाक्य विजयी

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।
    एमालेका उमेदवार विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका हुन् । तर घोषणा गर्न भने बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले छ । काठमाडौं महानगरपालिकामा जम्मा १....

  • नेविसंघको मतदाता प्रशिक्षण प्रभावकारी बन्दै

    न्यूजलय बिहीबार १२, साउन २०७४

    रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा यतीखेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सञ्चालन गरिरहेको मतदाता प्रशिक्षण प्रभावकारी बन्दै भएको छ । पार्टीको प्रचारप्रसारमा सक्रिय नेविसंघ यतिबेला मतदाताहरुलाई मतदाता शिक्षा कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
    संघले दिएको प्रशिक्षण प्रभावकारी....

  • भक्तपुर नगरको मेयरसहित सबै वडामा नेमकिपाको प्यानलै निर्वाचित

    न्यूजलय बिहीबार १२, साउन २०७४

    भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निर्वाचित भएका छन् । उनले ४४ हजार एक सय ८६ मत मध्ये २५ हजार पाँच सय ७६ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार पाँच सय २७ मत....

  • म्यादी प्रहरीले चौकीमा तोडफोड गरे

    न्यूजलय बिहीबार १२, साउन २०७४

    प्यूठान । म्यादी प्रहरी र नेपाल प्रहरीबीच प्युठानमा झडप भएको छ । त्यहाँको प्रहरी चौकी मच्छीमा भएको झडपका क्रममा उनीहरुले चौकी तोडफोड गरेका छन् । प्रहरी र म्यादी प्रहरीबिचको विवाद हुँदा उनीहरुले चौकीमा तोडफोड गरेका हुन् । म्यादीलाई प्रहरीले कुटपिट गरेको भन्दै म्यादी प्रहरीले तोडफोड....

  • पूर्वमा निर्वाचनको तयारी पुनः सुरु

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । निर्वाचन आयोगले पूर्व क्षेत्रमा शुक्रबारदेखि निर्वाचनसँग सम्बन्धित कामहरु अघि बढाउने भएको छ । बैशाख ३१ गतेको निर्वाचन जेठ ३१ गतेका लागि सरेपछि गत बैशाख १२ गतेदेखि स्थगित गरिएका कामहरु शुक्रबारदेखि पुनः सूचारु गरिने भएको हो । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार शुक्रबारदेखि गाउँपालिका....