Newslaya Home

राष्ट्रिय

  • भलिबल संघद्धारा ‘प्रचण्ड’ सम्मानीत

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । पूर्व प्रधानमन्त्रि एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई नेपाल भलिबल संघका पदाधिकारीले आइतबार सम्मान पत्रद्वारा सम्मान गरेका छन् ।
    संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्र बहादुर चन्द लगायतले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा दाहाललाई सम्मान....

  • सरकारी टोली र डाक्टर गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षबिहीन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच शनिबार पनि वार्ता भएको छ । तर वार्तामा कुनै ठोस सहमति हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए । केसीको माग र शनिबार भएको वार्ताका बारेमा आफूहरुले प्रधानमन्त्री....

  • प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोगको आह्वान

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि ३० दिनभित्र दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले सूचना निकालेर भदौ ११ गतेसम्ममा दल दर्ता गराउन राजनीतिक दललाई आह्वान गरेको हो । संविधानको धारा २७१ अनुसार राजनीतिक दलको रूपमा चुनावका लागि मान्यता प्राप्त गर्न....

  • सरकार र डा.केसीका प्रतिनिधीबीचको वार्ता सकरात्मक

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं  । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका मागका विषयमा सरकार र डा.केसीका प्रतिनिधीबीच शुक्रबार भएको वार्ता सकरात्मक भएको छ । केसीको माग अनुसार चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न सभामुख ओनसरी घर्ती मगरलाई शुक्रबार नै आग्रह गरिने भएको छ । विगतका सम्झौता अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान....

  • तीन वटा जिल्लामा दुर्लभ वन्यजन्तु र वनस्पति सम्बन्धी पढाइ हुने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    ताप्लेजुङ । पूर्वका तीन जिल्लामा दुर्लभ वन्यजन्तु र वनस्पति सम्बन्धी विद्यालयस्तरमा अध्यापन हुने भएको छ । ताप्लेजुङ, पाँचथर र इलाममा कक्षा ६ र ७ मा दुर्लभ वन्यजन्तु, रेडपाण्डा र विभिन्न वनस्पतिका विषयमा अध्यापन गराइने भएको हो ।
    वातावरण संरक्षणका लागि भन्दै रेडपाण्डा नेटवर्कको पहलमा....

  • तिर्थ यात्राबाट ओली फर्कदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । तिर्थ यात्राका लागि तिब्वत गएका एमाले अध्यक्ष केपी ओली आज स्वदेश फर्कदैछन् । यात्रामा गएका ओली आज एकसातापछि स्वदेश फर्किन लागेका हुन् ।
    उनी एयर चाइनाको विमानबाट स्वदेश फर्कदै छन् । धार्मिक भ्रमणमा मात्र भनिएपनि ओलीले तिब्तमा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेता....

  • सरकार र डा. केसी बिच आज वार्ता हुँदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ ।चिकित्सा शिक्षा बिधेयक पारित गरिनु पर्ने तथा चिकित्सा शिक्षा सुधारको माग राखेर पाँच दिन देखि ११औं अनसन बसेका डा. गोबिन्द केसी र सरकार पक्षबीच  वार्ता हुने भएको छ । वार्ता आज दिउँसो साढे एक बजे सिंहदरबारमा हुने भएको हो ।

    वार्ताकै लागि सरकारले बिहीबार....

  • एमाले अध्यक्ष ओली आज स्वदेश फर्किदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ उच्च अधिकारी तथा कम्युनिस्ट पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । प्रसिद्ध धार्मिकस्थल मानसरोबरको निजी भ्रमणका क्रममा ल्हासामा रहेका ओलीसँग भेटवार्ता गरेका हुन् ।
    ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत....

  • नाम विवादका कारण रंगशाला निर्माण कार्य अलपत्र

    न्यूजलय आइतबार १५, साउन २०७४

    झापा । झापाको कमल गाउँपालिका–५ मा निर्माणधीन रंगशालाको निर्माण कार्य नाममा विवाद भएपछि अलपत्र परेको छ । आदिबासी रंगशाला बनाउने सहमतिमा ७ वर्ष अघि सुरु गरिएको रंगशालाको निर्माण कार्य राजनीतिक खिचातानीले प्रभावित बनेको हो । आदिवासीको समाधिस्थल रहेको साविक लखनपुर–१ स्थित सो स्थानमा समाधिहरु उत्खनन् गरेर....

  • आयोगले भन्यो, ‘निर्वाचन सार्ने निर्णय मान्दैनौं’

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश नम्बर २ को मिति सार्ने निर्णयमा असहमति जनाएको छ । आयोगले सुरक्षा दिएरै भएपनि तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने भन्दै मिति सार्नेमा असहमति जनाएको हो ।
    सरकार र राजपाबिच विहीबार दिउँसो निर्वाचनको मिति सारेर असोज २ गतेलाई तय गरेको थियो....