Newslaya Home

राष्ट्रिय

  • महरालाई पक्राउ गर्न अदालतको आदेश

    न्यूजलय आइतबार १९, असोज २०७६

    काठमाडौं । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको हो ।

    प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न आइतबार दिउँसो निवेदन दिएको थियो....

  • हिमानीको संगतमा यस्ता भए ‘बेबी किङ’ हृदयन्द्र

    न्यूजलय आइतबार १९, असोज २०७६

    काठमाडौ । एकताका पूर्व राजा ज्ञानेन्द्र शाहका नाती अर्थात् पारसका छोरालाई बेबीकिङ बनाउने चर्चा थियो नेपालमा । तात्कालिन शिखर नेता गिरीजाप्रसाद कोइरालाले पनि बेबी किङको सम्भावना छ भनेर बोलिदिएपछि त झन् के चाहियो, देशै बबी किङ आउने हल्लाको पछि लाग्यो ।

    ज्ञानेन्द्र राजा बन्दाको परिस्थिती,....

  • दशैं हिलाम्मे हुने पक्का, टिकाको दिनसम्मै वर्षा

    न्यूजलय आइतबार १९, असोज २०७६

    काठमाडौं । उपत्यकासहित देशको मध्य तथा पूर्वी भू–भागमा र पश्चिमी भू–भागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मध्य र पूर्वका केही ठाउँमा हल्का वर्षा समेत भइरहेको छ ।

    दिउँसो पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले....

  • विप्लवले मोरङमा लुकाएर राखेको विष्फोटक पदार्थ बरामद

    न्यूजलय शनिबार १८, असोज २०७६

    काठमाडौं । विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अपरेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो ।

    मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुले विष्फोटक पदार्थसहित मोरङका सेक्रेटरी कुमार खतिवडा र अर्का एक जनालाई पक्राउ....

  • पूर्व राजाको चेतावनी: 'विद्रोहको आगो भित्रभित्रै सल्कदै छ'

    न्यूजलय शनिबार १८, असोज २०७६

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा विद्रोहको आगो सल्किदै गएको बताएका छन् ।

    दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन् ।

    पूर्व राजाको सन्देशमा राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भूसको आगो भित्रभित्रै सल्कदै गएको....

  • आज दशैँको सातौँ दिन, घरघरमा फूलपाती भित्राइँदै

    न्यूजलय शनिबार १८, असोज २०७६

    काठमाडौं । दशैँको सातौँ दिन आज (शनिबार) घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइन्छ ।

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको....

  • चिठीमार्फत महरालाई अपराध स्वीकार्न बाबुरामको सुझाव

    न्यूजलय शनिबार १८, असोज २०७६

    काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई खुला पत्र लेखेर निष्पक्ष अनुसन्धानमा सघाउ पुर्याउन सुझाव दिएका छन् । उनले गल्ती वा अपराध गरेको भए त्यसलाई स्वीकार्दै प्रायश्चित गर्नुमै महराको हित हुने बताएका छन् ।

    माओवादी आन्दोलनका पूर्वसहकर्मीद्वय डा. भट्टराईले....

  • आज पनि मौसम बदली, केही स्थानमा पानी पर्ने सम्भावना

    न्यूजलय शनिबार १८, असोज २०७६

    काठमाडौँ । देशभर आज (शनिबार) पनि मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने मौसमविदको भनाई छ ।

    भारतको पूर्वी....

  • रुग्ण जलविद्युत् आयोजनाको जिम्मा लिन सरकारलाई चुनौती

    न्यूजलय शुक्रबार १७, असोज २०७६

    काठमाडौं । रुग्ण जलविद्युत् आयोजनाले आफ्नो जिम्मेवारी लिन सरकारलाई चुनौती दिएका छन् ।

    निजी क्षेत्रबाट सञ्चालित आयोजनाको समस्या समाधान गर्न ऊर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गर्दा पनि आफ्नो मागको सुनुवाई नभएको भन्दै १३ बुँदे मागसहित स्वतन्त्र ऊर्जा उत्पादकहरु आन्दोलनमा उत्रिएका छन् ।
    अहिले सम्मका मागहरु कुनै....

  • महरा प्रकरणः फरेन्सिक जाँचको तयारी

    न्यूजलय शुक्रबार १७, असोज २०७६

    काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपको विषयमा प्रहरीले फरेन्सिक जाँच गर्ने भएको छ ।

    यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।

    ....