Newslaya Home

राष्ट्रिय

  • चुनाव चिन्ह माग्दै सर्वोच्च अदालतमा रिट दायर

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं ।  विवेकशील नेपाली दलले राष्ट्रिय दललाई मात्र चुनाव चिन्ह दिने स्थानीय तह निर्वाचन ऐनको व्यवस्था खारेज गर्न माग गर्दैे सर्वोच्च अदालतमा रिट दायर गरेको छ । विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाले दर्ता गराएको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय व्यवस्थापिका संसद, कानुन तथा न्याय....

  • माओवादी केन्द्रले ल्यायो यस्तो चुनावी घोषणापत्र

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र तयार पारेको छ । प्रतिबद्धतापत्र नाम दिँदै तयार पारिएको घोषणापत्रमा ‘सिंहदरबार केन्द्रित जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पु¥याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔं’ भन्ने नारा दिइएको छ....

  • सुन लुट्ने गिरोह चिया पसलबाट पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    आफुलाई प्रहरी बताउँदै सुन लुट्ने गिरोह पक्राउ परेको छ । उनीहरु ६४ तोला सुन, कालिगढसँग रहेका १३ हजार रुपैयाँ र चारवटा मोबाइल लुटेर फरार भएका थिए । घटनाबारे महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी....

  • नेविसंघले माग्यो आफनै गृहमन्त्रीको राजीनामा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेविसंघले आफनै पार्टीका गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा माग गरेका छन । सत्तारुढ कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले आफ्नै कार्यकर्ताको समेत सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा माग गरेका हुन ।

    कांग्रेसका युवा नेता रविन्द्र सम्शेर शाहको हत्याको विरोधमा आयोजित....

  • मधेस–पहाड दुबैतिर अतिवादको खतरा – प्रधानमन्त्री

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरु सहमति नजिक पुगेको बताएका छन् ।
    मधेस जातीय समन्वय समाजले आइतबार सिंहदरबारमा पुगेर बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति हुन लागेको बताए । संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यकपर्ने....

  • प्रधानन्यायाधीश हुन उम्मेदवारको अभाव

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको दुई महिनापछि हुने अवकाशसँगै सर्वोच्च अदालतमा नेतृत्वका लागि संविधानबमोजिम योग्य उम्मेदवारको अभाव हुने देखिएको छ ।

    त्यतिबेला संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नु पर्दा सर्वोच्चका कुनै पनि न्यायाधीशसँग संविधानको व्यवस्था अनुसारको न्यूनतम योग्यता हुने छैन । संविधानमा प्रधानन्यायाधीश नियुक्त हुन ‘सर्वोच्च....

  • ५ करोडको चलखेल आरोपमा यातायात प्रमुख निलम्बनमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । ९० प्रतिशत आवेदकको कापी नै जाँच नगरी पास गराएको आरोपमा यातायात कार्यालय नेपालगञ्ज प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् ।
    कार्यालयले गत भदौमा लाइन्सेन्सको आवेदन खोलेको थियो । २३ हजार जना सहभागी भएको परीक्षामा ५ करोड रुपैँयाको चलखेल भएको देखिएपछि यातायात व्यवस्था....

  • निर्वाचन सर्दैन–नेपाल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सिन्धुली–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनका लागि सबै राजनीतक दलहरु तयार भइसकेको बताएका छन् ।
    सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा बुधबार नेपालले निर्वाचन आयोग, सरकार र सत्तामा रहेका दलहरुसमेत घनीभूतरुपमा निर्वाचनको कार्यमा जुटेकाले कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन नसर्ने बताए ।
    अहिले....

  • भारतीयले दशगजामा खनेको कुलो सशस्त्र प्रहरीले पुर्‍यो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गुलरिया । नेपाल–भारत सीमामा भारतीय पक्षले दशगजा मिचेर संरचना बनाउने क्रम जारी छ । सीमा क्षेत्रको नेपाली भूभागमा नेपाली पक्षले थालेको संरचना निर्माणलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा केही समयअघि कन्चनपुरमा एक जना नेपालीको ज्यान गएको थियो ।
    तर यता भारतले भने नेपाली....

  • श्रीमती र छोरामाथि खुकुरी प्रहार

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नुवाकोट । मंगलबार बिहान नुवाकोट विदुर ६ का यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
    अत्यधिक मादक पदार्थ सेवनगरी उनले श्रीमति राममाया र छोरा राजुलाई मङ्गलबार बिहान घाइते बनाएका हुन् । ४४ वर्षिय राममायाको टाउको र हातमा गहिरो चोट....