Newslaya Home

राष्ट्रिय

  • स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । स्थानीय तहको पहिलो बजेट आइतबार सार्वजनिक हुदैछ । स्थानीय तहका प्रमुख वा तोकिएका व्यक्तिले व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेश गरेको बजेट प्रस्तुत गर्नेछन् ।
    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशअनुसार असार २५ गते पहिलो बजेट स्थानीय व्यवस्थापिकामा पेश गर्नुपर्ने भएको हो....

  • रहेनन् नेविससंघका पूर्व महामन्त्री भुर्तेल

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री शिव भुर्तेलको बुधबार राति निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएका भुर्तेलको अमेरिकामा निधन भएको हो ।

    नेविससंघ अध्यक्ष नैनसिंह महरका अनुसार क्यान्सरको उपचार गराइरहेका भुर्तेलको गए राति पौने ९ बजे निधन भएको हो ।

  • म्यादी प्रहरीको म्याद पुनः थपिदै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सरेसँगै म्यादी प्रहरीको म्याद पनि थपिने भएको छ । निर्वाचन सुरक्षाका लागि ५५ दिन सेवा अवधि तोकेर भर्ना गरिएका म्यादी प्रहरीको म्याद दोस्रो चरणको निर्वाचनका लागि भन्दै जेठ १५ गते २० दिन थपिएको थियो ।

    निर्वाचनको मिति....

  • च्यातिएको मतपत्रको तथ्यांक आज आयोगलाई पठाउने

    न्यूजलय सोमबार २३, साउन २०७४

    चितवन । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले च्यातिएका मतपत्रको एकिन तथ्यांक संकलन गरी आज निर्वाचन आयोगलाई पठाउने भएको छ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई बुधबार नै निर्देशन दिएको थियो....

  • रामकुमारी झाँक्रीले खुट्टा भाँचिदिन्छु भनेर किन थर्काइन् ? (यस्तो छ संवाद)

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । गुल्मीको मदाने गाउँपालिकाका शिक्षक बमबहादुर कुँवरलाई समाचार शेयर गरेको निहुँमा खुट्टा भाँच्ने धम्की आएको छ । त्यो पनि एमाले नेतृ रामकुमारी झाँक्रीबाट ।
    एमाले अखिलकी अध्यक्षसमेत भइसकेकी झाँक्रीले फेसबुकमा आफ्नो विरुद्ध स्टाटस लेख्ने कुँवरलाई फोनमा गाली गर्दै खुट्टा भाँचिदिने धम्की दिएको अडियो सार्वजनिक....

  • बहुमतीय सरकार गठन प्रक्रिया आजबाट सुरु

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै बिहीबार (आज)देखि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । सहमतीय सरकार गठन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकारको प्रक्रिया सुरु गर्नेछिन् ।
    संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा....

  • ३१८ नेपाली विदेशी जेलमा

    न्यूजलय सोमबार २३, साउन २०७४

    नइ दिल्ली । संसारका विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक जेलमा रहेको नेपाल सरकारले जानकारी संकलन गरेको छ ।
    ३१८ बढी नेपाली नागरिक मृत्युदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विभिन्न....

  • संघीय गठबन्धनले स्थगित गर्यो आमहड्ताल

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठवन्धनले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय गठवन्धनको बैठक पनि बोलाइएको छ । राजपाका महासचिव मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी दिएका छन्....

  • कक्षा ११ को परीक्षा असार १ गतेदेखि हुने

    न्यूजलय सोमबार २३, साउन २०७४

    इटहरी । कक्षा ११ को परीक्षा असार १ गतेदेखी हुने भएको छ । सरकारले असार १४ गते दोस्रो तहको स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै कक्षा ११ परीक्षा असार १ गतेबाट १० गते सम्म गराउने निर्णय भएको बताइएको छ ।

  • मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला माग, नभए आन्दोलन गर्ने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
    सोमबार पत्रकार सम्मेलन गर्दै महिला संघकी अध्यक्ष उमा रेग्मीले २५ फुलमन्त्रीमध्ये एकतिहाई महिला नभए सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिइन् । ‘हामीले विगतदेखि....