Newslaya Home

राष्ट्रिय

  • ​सगरमाथा आरोहण गर्दै पाँच महिला पत्रकार

    न्यूजलय शनिबार ०१, बैशाख २०७५

    काठमाडौं । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने सन्देश सर्वोच्च शिखर सगरमाथाबाट फैलाउने लक्ष्यका साथ पाँच महिला पत्रकारहरुले सगरमाथा आरोहण गर्ने भएका छन् । ड्रिमर्स डेस्टिनेशन एण्ड एक्स्पिडिसनका फुर्वा शेर्पाको नेतृत्वमा प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीले सगरमाथा आरोहण गर्ने लागेका हुन् । 

    ....

  • रारामा कर्णालीको मन्त्रिपरिषद बैठक सुरु

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यतामा कर्णाली प्रदेशको चौथो क्याबिनेट बैठक मुगुको रारामा सुरु भएको छ । प्रधानमन्त्री  ओली रारा पुगेलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । यसअघि प्रदेश राजधानी वीरेन्द्रनगरमा क्याबिनेट बैठक बस्दै आएको थियो ।

    कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को....

  • ​पूर्व प्रहरी हाकिमको सुरक्षामा खटिएका ३१५ प्रहरीहरु फिर्ता बोलाइए

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षामा खटिएका तीन सय १५ जना प्रहरीलाई फिर्ता बोलाइएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृह मन्त्रालयले उनीहरुलाई फिर्ता बोलाएको हो ।

  • ​साढे ३३ केजी सुन काण्डका एक अभियुक्तले गरे हिरासतमै आत्महत्या

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । अनामनगरको हिरासतमा रहेका बर्दियाको राजापुर ७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । 

    प्रहरीका अनुसार उनले बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेका थिए । उनी....

  • विमानस्थलबाट दुई केजी सुनसँगै दुई भारतीय नागरीक पक्राउ

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले दुई केजी सुन बरामद गरेको छ । दुवईबाट अवैधरुपमा नेपाल ल्याइएको दुई केजी सुनसहित दुई भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    गृहमन्त्री रामबहादुर थापाले विमानस्थलबाट सहजै सुनको तस्करी हुने गरेको बताएपछि अध्यागमनले विमानस्थलमा....

  • ​आगामी हप्ता परराष्ट्रमन्त्री चीन जाँदै

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी हप्ता चीन भ्रमणमा जाने भएका छन् । ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको हो ।

    अहिले दुवै मुलुक बीच विगतमा....

  • ​वणिज्य बैंकको पहिलो महिला सीइओमा अनुपमा

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । नेपालका दुई वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) परिवर्तन भएका छन् । मेगा र माछापुच्छ्रे बैंकमा सीईओ परिवर्तन भएका हुन् । 

    मेगा बैंकको सीईओमा अनुपमा खुँजेली नियुक्त भएकी छिन् । खुँजेली मेगा बैंकको मात्रै नभएर वाणिज्य बैंकहरुमै सीईओको जिम्मेवारी पाउने....

  • ​बैशाख २ बाट मतदाता नामावली संकलन

    न्यूजलय बिहीबार २९, चैत २०७४

    काठमाडौँ । निर्वाचन आयोगले बैशाख २ गतेदेखि सबै क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्ने भएको छ ।
    यस अन्र्तगत नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन सकिने आयोगले जानकारी दिएको छ ।....

  • ​रेशम चौधरीलार्इ आज सदरखोर जेल लगिँदै

    न्यूजलय बिहीबार २९, चैत २०७४

    काठमाण्डौ । टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरी बिहिबार वीर अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । डिस्चार्जपछि उनलाई  डिल्लीबजारस्थित सदरखोर जेलमा राखिने भएको छ ।

    कैलालीस्थित जेलबाटै अमरण अनशन थालेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलार्इ थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । ....

  • ​उदयपुरका नापी प्रमुख पचास हजार घुससहित पक्राउ

    न्यूजलय बिहीबार २९, चैत २०७४

    गाईघाट । बिहीबार ५० हजार रुपैयाँ घुससहित नापी कार्यालय उदयपुरका प्रमुख रङ्गे हात पक्राउ परेका छन् । नापी प्रमुख श्यामबाबुप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले  घुससहित पक्राउ गरेको हो ।

    गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र संशोधन गरिदिने भन्दै साहले दुई....