कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने मापदण्ड तयार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्मचारीले रोजेको स्थानिय तहमा जान पाउने मापदण्ड तयार पारेको छ । कर्मचारी समायोजन ऐन – २०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार पारेको हो ।