Newslaya Home

राष्ट्रिय

  • ​मोदीको एक पक्षीय प्रस्ताब ओली सरकारद्वारा स्वीकार

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    काठमाडौं । छिमेकि प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ मा नेपाल आउने तय भएको छ । नेपाल सरकारले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरे पनि भारतकै प्रस्ताबमा मिति परिवर्तन भएको हो ।

    सरकारले अंग्रेजी महिना  मे २५ का लागि तयारी गरेका थियो....

  • ​पार्टि एकता केहि दिनमै : वामदेव

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    काठमाडौं । बाम गठबन्धनका प्ले मेकर मानिएका वामदेव गौतमले एमाले माओबादि एकता केहि दिनमै हुने बताएका छन् । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बाम गठबन्धनको एकता छिटै हुने उनले बाताएका हुन् ।

    एमाले उपाध्यक्ष गौतमले....

  • दुई नम्बर प्रदेशमा थप आठ दिन सरकारी विदा

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    महेन्द्रनगर । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । 

    प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयअनुसार बैसाख ११ गते जनकपुरमा....

  • ​वैशाख २८ गते मोदी नेपाल आउने

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

    भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री ओली....

  • ​नेपाल, भारत र बंगलादेशबीच बस सेवा शुरु

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु भएको छ । बस सेवाको परीक्षण शुरुवात सँगै बंगलादेशको ढाकाबाट दुईवटा बस काठमाडौं आउदै छन् ।

    बंगलादेश, भुटान, इण्डिया ,नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुसार सोमवार विहानबाट अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण शुरु भएको....

  • ९ गते पार्टी एकता गर्ने निर्णय औपचारिक नभएको प्रचण्डको दावी

    न्यूजलय आइतबार ०९, बैशाख २०७५

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ९ गते नै पार्टी एकता गर्ने निर्णय नभएको बताएका छन् ।

    आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुराको बताएका हुन्....

  • ​ट्यांकर व्यवशायीप्रति सरकार आक्रामक : हड्ताल गर्ने ट्यांकरलाई सधैंका लागि विदा दिइने

    न्यूजलय आइतबार ०९, बैशाख २०७५

    काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरेमा सम्झौता खारेज गर्ने भएको छ । निमगले हड्ताल गरेर खारेजीमा पर्ने ट्यांकर व्यवसायीलाई आइन्दा कहिल्यै काममा नफर्किने गरी कारबाही गर्ने भएको छ ।

    व्यवसायीले राज्यको सेवासुविधा लिएर इन्धन ढुवानी गर्ने....

  • ​आज राती उल्का वर्षा हुने

    न्यूजलय आइतबार ०९, बैशाख २०७५

    काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आज (आइतबार) राती नेपाली आकाशमा उल्का वर्षा हुने जनाएको छ । मौसम अनुकूल भएमा आज राति एकैपटक १५ देखि २० वटासम्म उल्का खसेको देख्न सकिने बताइएको छ ।

    एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति १ बजेदेखि भोलि बिहान....

  • ​टुक्रियो राजपा

    न्यूजलय आइतबार ०९, बैशाख २०७५

    काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका असन्तुष्ट नेताहरुले बेग्लै पार्टी घोषणा गरेका छन् । ६ मधेसकेन्द्रित दल मिलेर गत बर्ष वैशाख ७ गते राजपा गठन गरेका थिए । 

    नेता महन्थ ठाकुरको नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सद्भावना शरदसिंह भण्डारी नेतृत्वको....

  • ​पूर्वमन्त्री सहित ५० जनालाई अख्तियारले दियो सफाइ

    न्यूजलय आइतबार ०९, बैशाख २०७५

    काठमाडौं । पूर्वमन्त्री तथा सरकारका पूर्वसचिव सहित ५० जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकूत सम्पत्तिको आरोपमा सफाइ दिएको छ । 

    सफाइ पाउनेमा पूर्वएआईजी, महानिर्देशक र विश्वविद्यालयका उपकूलपतिसमेत रहेको जनाइएको छ । पूर्वस्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेललाई त्रिभुवन विश्वविद्यालयले एमबीबीएस भर्नाका लागि लिएको....