Newslaya Home

राष्ट्रिय

  • हिरासतको हिरासत चुडामणि शर्मा, तेस्रो पटक म्याद थप

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । राजश्व हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका चुणामणि शर्मालाई थप ७ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्मालाई थुन्न अदालतले अनुमति दिएको हो ।
    राजश्व हिनामिनाको अभियोगमा अख्तियारले गत जेठ १९ गते....

  • ‘प्रत्यक्ष कार्यकारी प्रमुख’ प्रस्ताव पारित नभए आन्दोलन

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । माओवादी केन्द्रले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न प्रस्ताव अघि सारेको छ । माओवादी केन्द्रले यो प्रस्तावलाई सचिवालय बैठकबाटै अनुमोदन गराएको हो । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो प्रस्ताव पारित गर्नका लागि सडक आन्दोलन गर्न पनि तयार रहेको बताएका छन् ।

  • चलचित्र पत्रकार सविन शाक्यद्वारा आत्महत्या

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । लामो समय देखी पत्रकारिताको क्षेत्रमा काम गर्दै आएका चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शाक्यले शुक्रबार साँझ करिब साढे ५ बजे राजधानीको गौरीघाटस्थित आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेको फिल्म ‘ब्ल्याक डायरी’का निर्माता अनोज अधिकारीले जानकारी दिए । स्वं. पत्रकार शाक्य....

  • डा. केसी ११ औं अनशनमा

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै उनी फेरि सोमबार साँझ चार बजेदेखि अनशन बस्ने भएका हुन् । केसीको यो ११ औं पटकको अनशन हुनेछ ।
    सरकार....

  • चुनाव सर्यो, प्रदेश नम्बर २ मा असोज २ गते

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गराउने भएको छ । बाँकी तीन वटा प्रदेशहरु १, ५ र ७ मा भने पूर्व घोषित मिति अनुसार असार १४ मै हुनेछ ।
    चुनावमा सहभागि हुनको लागि चुनाव सार्नुपर्ने माग राष्ट्रिय जनता पार्टीले....

  • नेपालद्धारा ५० लाख डलर सहयोग

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपालले श्रीलंका सरकारलाई ५० लाख डलर सहयोग दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

    गत शनिबार देखि श्रीलंकामा भएको भारी वर्षापछि बाढी आउँदा करिब २०० भन्दा बढी व्यक्तिको ज्यान गएको....

  • प्रहरीको बढुवा सिफारिसमा अन्याय भएको भन्दै पुनरावलोकन समितिमा उजुरी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपाल प्रहरीको बढुवा सिफारिसमा अन्याय भएको भन्दै तिनजना उच्च अधिकृतले पुनरावलोकन समितिमा उजुरी दिएका छन् ।समितिमा उजुरी परेसँगै एआईजी, डीआईजी र एसएसपीको बढुवा प्रक्रिया रोकिएको छ । जुनियरलाई बढुवा गरेर सिनियरलाई अन्यायमा पारेको भन्दै डीआईजी मधुप्रसाद पुडासैनी, एसएसपी सुवासचन्द्र चौधरी र एसपी बिभुतिराज....

  • राष्ट्रपति र उपराष्ट्रपतिलाई मुद्दा नलाग्ने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । अबको कानुनी विधेयकमा राष्ट्रपति तथा उपराष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने व्यवस्था गरिने भएको छ । पदीय हैसियतले राष्ट्रपति र उपराष्ट्रपतिले गरेको कामकारबाहीबारे अदालतलमा मुद्दा चलाउन नपाइने कानुनी व्यवस्था प्रस्ताव भएको छ ।
    राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ‘विधेयक’....

  • चुनावमा सहभागी हुन भारतीय राजदूतको आग्रह

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा आफुहरु सहभागि हुन नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टीलाई आग्रह गरेका छन् । मंगलबार बिहान राजपा शीर्ष नेतालाई बोलाएर राजदूत पुरीले भारतीय दूतावास लैनचौरमा सो छलफल गरेका हुन् । सो छलफलमा राजपा अध्यक्ष मण्डलका ५ जना....

  • चुनाव फेरि सर्ने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । दोस्रो चरण अन्तरगत हुने स्थानीय तहको निर्वाचनको मिति फेरि सर्ने भएको छ । असार ९ गते लाई तोकिएको निर्वाचन फेरि हेरफेर गर्ने सरकारले तयारी गरेको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यस सम्बन्धी निर्णय लिने बताइएको छ ।
    मुस्लिम समुदायको पर्व....