Newslaya Home

राष्ट्रिय

  • पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने भन्दै प्रदर्शन, प्रहरीले हान्यो पानीको फोहोरा

    न्यूजलय बुधबार ३१, भदौ २०७७

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित प्रदर्शन गरिएको छ ।

    आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु बुधबार दिउँसो माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले....

  • कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    न्यूजलय बुधबार ३१, भदौ २०७७

    काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

    गत भदौ २३ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।

    डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको....

  • बहराइन राजकुमारसहित १८ जनाको टोली हिमाल आरोहण गर्ने आइपुगे नेपाल

    न्यूजलय बुधबार ३१, भदौ २०७७

    काठमाडौ । बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली बुधबार नेपाल आएको छ । लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत सो टोली नेपाल आएको हो ।

    टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन्....

  • अभिवादनको लागि हात मिलाऊ, तर मुसार्ने, टॉसिने, छुने, चिमोट्ने कार्य नगर : प्रहरी आचारसंहिता

    न्यूजलय बुधबार ३१, भदौ २०७७

    काठमाडौं। नेपाल प्रहरीका लागि आचारसंहितासम्बन्धी कार्यदेश-२०७७ जारी भएको छ। प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले कार्यादेश जारी गरेका हुन्। यस्तो छ कार्यादेश

    १) प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेसागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रूपमा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा....

  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

    न्यूजलय मङ्गलबार ३०, भदौ २०७७

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

    कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

    मंगलबार उर्जामन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशकमा कोइरालालाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।....

  • पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा नियुक्त

    न्यूजलय मङ्गलबार ३०, भदौ २०७७

    काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

    मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय....

  • असोज १ बाट लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ने

    न्यूजलय मङ्गलबार ३०, भदौ २०७७

    काठमाडौं । सरकारले लामो दूरीका सवारी तथा आन्तरिक उडान सञ्चालन गर्न दिन निर्णय गरेको छ ।

    भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

    ....

  • कात्तिक १ गतेदेखि विदेशी पर्यटक आउन पाउने

    न्यूजलय मङ्गलबार ३०, भदौ २०७७

    काठमाडौं । सरकारले कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि नेपाली आउने विदेशी पर्यटकलाई आवागमन खुला गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै सो प्रयोजनका लागि नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गरेको हो ।

    नेपाल आउन चाहन विदेशी पर्यटकले सम्बन्धित....

  • कुलमान घिसिङको औपचारिक बिदाइ

    न्यूजलय मङ्गलबार ३०, भदौ २०७७

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलबार (आज) औपचारिक रुपमा बिदाइ गरिएको छ ।

    चार वर्षे कार्यकाल पूरा गरेका उनलाई बिदाइ गरिएको हो । चार वर्षे कार्यकाल पूरा गर्दै घिसिङ सोमबार पदमुक्त भएका थिए ।

    वि.सं २०७३ भदौ २९ गते घिसिङ प्राधिकरणको....

  • परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

    न्यूजलय मङ्गलबार ३०, भदौ २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

    सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिइएको ज्ञवालीले जानकारी दिए ।

    यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा....