Newslaya Home

राष्ट्रिय

  • कालापानीबारे आदेश दिइरहनुनपर्ने भन्दै प्रधानमन्त्रीले सर्वोच्चलाई पठाए लिखित जवाफ

    न्यूजलय बुधबार ०२, पुष २०७६

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका विषयमा सरकारले कूटनीतिक पहल गरिरहेकाले यससम्बन्धमा सर्वोच्चबाट कुनै आदेश आवश्यक नरहेको जिकिरसहित लिखित जवाफ पठाएका छन् ।

    प्रधानमन्त्री ओलीले मंसिर २९ गते सर्वोच्चलाई १० बुँदे लिखित जवाफ पेश गरेका हुन् ।

    ‘निवेदकले निवेदनमा उठान गरेको विषयको....

  • भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ सय दिन अभियान सुरुः मह जोडीको साथ

    न्यूजलय बुधबार ०२, पुष २०७६

    काठमाडौं । भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ सुरु भएको नागरिक अभियानमा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रष्ठले पनि साथ दिएका छन् । अभियानमा आत्मसम्मान र राष्ट्रियतालाई जोड दिइएको छ । सामाजिक सञ्जालमा मंगलबार साँझबाट अभियान सुरु भएको हो ।

    नेपालको लागि सय दिन भनोर सुरु गरिएको....

  • शिक्षकको अवकाश उमेर ६३ वर्ष कायम गर्न शिक्षक महासंघको माग

    न्यूजलय बुधबार ०२, पुष २०७६

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको अनिवार्य अवकाश उमेर ६३ वर्ष कायम गर्न सरकारसँग माग गरेको छ । मंगलबार शिक्षा सचिव महेश दाहाललाई ज्ञापन पत्र बुझाउदै महासंघले शिक्षकको सेवाअवधिको उमेर हद बढाउन माग गरेको हो ।

    शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको महासंघको पदाधिकारीको समूहले मन्त्री नभेटेपछि....

  • धरानस्थित बीपी प्रतिष्ठानका रजिष्ठारविरुद्ध भ्रष्टाचार मुद्दा

    न्यूजलय मङ्गलबार ०१, पुष २०७६

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    अख्तियारले रजिष्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर....

  • कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

    न्यूजलय मङ्गलबार ०१, पुष २०७६

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जनाको सहभागिता रहेको....

  • भोलि राष्ट्रिय झन्डा दिवस मनाइँदै

    न्यूजलय सोमबार ३०, मङि्सर २०७६

    काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले भोलि पुस १ गते झन्डा दिवस मनाउने भएको छ । प्रतिष्ठानले अघिल्लो वर्षदेखि झन्डा दिवस मनाउन थालेको हो ।

    अभियानकर्ताहरूले उक्त दिन बिहान ८ः३० बजे माइतीघर मण्डलामा रहेको झन्डा फेर्ने र मण्डलादेखि बानेश्वर हुँदै पुनः बानेश्वरबाट फर्किएर माइतिघरसम्म....

  • अस्थायी कर्मचारीलाई स्थायी गर्न त्रिवि कर्मचारी संघको माग

    न्यूजलय सोमबार ३०, मङि्सर २०७६

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका शैक्षिक संस्थाहरुमा कार्यरत् अस्थायी कर्मचारीलाई स्थायी गर्न माग गर्दै आन्दोलन गरिएको छ ।

    सोमबार (आज) दुई घन्टा काम बन्द गरेर त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले सहयोगी र चालकहरुलाई त्रिवि सेवा आयोगले विज्ञापन खुलाइ स्थायी गर्नुपर्ने माघ अघि सारेको हो....

  • भारतको नयाँ नागरिकता कानुनले नेपालमा शरणार्थी आउन सक्ने खतरा

    न्यूजलय सोमबार ३०, मङि्सर २०७६

    बिबिसि । भारतले हालै जारी गरेको विवादास्पद नयाँ नागरिकता कानुनका कारण पूर्वोत्तर भारतमा नागरिकताविहीन हुन सक्ने केही मानिसहरू नेपालभित्र प्रवेश गर्न सक्ने भन्दै विज्ञहरूले सरकार समयमै चनाखो हुनुपर्ने बताएका छन् ।

    विशेषगरी नेपालका पूर्वी नाकाहरूमा सरकारले तत्कालै निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।

    नेपाली सरकारी....

  • आज पनि देशभर वर्षा र हिमपात 

    न्यूजलय सोमबार ३०, मङि्सर २०७६

    काठमाडौं । उपत्यकामा सोमबार बिहानैदेखि हुस्सुसहितको बादल लागेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा शुक्रबार रातीपरेको पानीले चिसो बढाएको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

    पूर्वानुमान महाशाखाका अनुसार....

  • सीमा बचाउ अभियानले नापी विभागमा बुझायो भारत अतिक्रमित भूभागसहितको नक्सा

    न्यूजलय सोमबार ३०, मङि्सर २०७६

    काठमाडौं । सीमा बचाउ अभियानले नापी विभागलाई सुगौली सन्धीअनुसारको नेपालको नक्सा बुझाएको छ ।

    अतिक्रमित नेपाली भूभागसहित समेटेर तत्काल नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै अभियानले विभागलाई नक्सा बुझाएको हो । सुगौली सन्धीको ५ नम्बर बुँदामा महाकाली नदिको पूर्वपट्टीको वारीका सबै नेपाली भूभाग रहने....