२०७८ साल मङ्सिर १३ गते सोमबार

प्रदेश १ मा आज ३७ जनामा कोरोना पुष्टि

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०८:३६ मा प्रकाशित
इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०-१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
प्रदेश १ मा आज ३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।