२०७८ साल कार्तिक ७ गते अाईतबार

अनेरास्ववियु सुनसरीको इन्चार्जमा जीबी गजल

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०७:५८ मा प्रकाशित
इटहरी । अनेरास्ववियु सुनसरीको इन्चार्जमा जीबी गजल नियुक्त भएका छन् । अनेरास्ववियूको केन्द्रीय सचिवालयको बैठकले उनलाई सुनसरी इन्चार्जमा नियुक्त गरेको हो । 

प्रदेश १ का १४ वटै जिल्लामा अनेरास्ववियुले इन्चार्ज मनोनित गरेको हो । यसअघि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी राजनीतिमा सक्रिय छन् । हाल उनी अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्य समेत छन् ।

यस्तै, सह इन्चार्जमा मोनालिषा क्षेष्ठ मनोनित भएकी छन् ।