काठमाडौं । नेप्से परिसूचक आइतबार ४.९८ अंकले बढेको छ । साताको पहिलो दिन नेप्से ०.१८ अंकले बढेर २७५३.७६ को विन्दुमा पुगेको छ ।
यस दिन दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये नौ समूहको समूहगत परिसूचक बढेको छ । चार उपसमूहको समूहगत परिसूचक घटेको छ ।
१४५ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।