निर्माता रोज राणाले दिए प्यूठानबाट प्रदेशसभा सदस्यको उम्मेदवार

न्युजलय २४ असोज २०७९, सोमबार ०७:५५ मा प्रकाशित

काठमाडौं । नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । उनी आइतबार प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिएका हुन् । 


चलचित्र निर्माता संघको निबर्तमान महासचिब राणा नेपाली कांग्रेस प्यूठान (ख) का क्षेत्रिय सभापति समेत हुन् । उनलाई नेपाली कांग्रेसले गठबनधनको तर्फबाट उम्मेदवार बनाएको हो ।


राणासँग नेकपा एमालेका हरि रिजालले प्रतिष्पर्धा गर्नेछन् । प्रदेशसभा (ख) मा राणा बाहेक ४ जनाको उमेद्वारी परेको छ । 


डन, दादागिरी, दोस्ती, खलनायक लगायत करिब दर्जन फिल्म निर्माण गरेका राणाले ‘म छु नि तिम्रो’ मा नायकको भूमिका निर्वाह गरेका थिए । उनले फिल्मको निर्देशन समेत गरेका छन् ।


सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका रोज राणा सर्वव्यापी लोकप्रिय भएकाले उनलाई चुनाव जित्न सहज हुने नेपाली कांग्रेसका नेत गिरीराज पोखरेल बताउँछन् ।