काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएका विद्यालयमा आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेनाले मध्य गाजाको देइर अल–बालाहको पश्चिममा रहेको एउटा भवनमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको बताएको छ।
यसअघि इजरायली सेनाले आतंकवादी गतिविधि र रकेट आक्रमणलाई ध्यानमा राख्दै दक्षिणी सहर खान युनिस वरपरको खाली ठाउँको सीमा समायोजन गर्नुपर्ने चेतावनी दिएको थियो।