काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार मापन गर्ने सूचकांक आइतबार(आज ) दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से ४१.५५ अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब १९ विन्दुमा रोकिएको छ । त्यस्तै, आज नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । पाँच अर्ब ८३ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
आइतबार अधिकांश जलविद्युत कम्पनीको शेयर खरिदविक्रीमा चाप देखिएको छ । अरुणभ्यालि हाइड्रोपावर, अपी पावर, अप्पर तामाकोशी जलविद्युत आयोजना लगायतका जलविद्युक कम्पनीको धेरै शेयर खरिदविक्री भएको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढिले बढेको छ ।