Newslaya Home

खेल

  • गर्धनमा बलले लागेर भारतीय युवा क्रिकेटरको मृत्यु

    न्यूजलय शुक्रबार २७, असार २०७६

    काठमाण्डौ । खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए ।

    बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो ।

    ११ कक्षामा....

  • विश्वकप क्रिकेटः अस्ट्रेलियाद्वारा इंग्ल्याण्डसामु २२४ रनको लक्ष्य प्रस्तुत

    न्यूजलय बिहीबार २६, असार २०७६

    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डसामु २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ रोजेकोअस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनयो ।

    १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाले पछि भने सम्हालिने प्रयास गरेको थियो ।....

  • क्रिकेटर अफताब आलमलाई एकवर्ष प्रतिबन्ध, यस्तो छ कारण

    न्यूजलय बिहीबार २६, असार २०७६

    काठमाडौं । अफगानिस्तानका क्रिकेटर अफताब आलमलाई विश्वकपमा आचारसंहिता विपरीत काम गरेको भन्दै एक वर्ष प्रतिबन्ध लगाइएको छ ।

    विश्वकपका लागि अफगानिस्तान टिम बसेको होटलमा एक महिलामाथि नराम्रो व्यवहार गरेको आरोप आलममाथि लागेको थियो । त्यससँगै विश्वकप टिमबाट बाहिर निकालिएका उनलाई अफगानिस्तान क्रिकेट बोर्डले थप एक....

  • वल्र्डकपबाट बाहिरियो भारत

    न्यूजलय बुधबार २५, असार २०७६

    काठमाडौं । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भयो ।

    सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए । दुई ओभरमा भारतले आफ्ना महत्वपूर्ण तीन....

  • विराटनगर रंगशाला जलमग्न भएपछि मुख्यमन्त्री कप धरानमा

    न्यूजलय बुधबार २५, असार २०७६

    धरान । मुख्यमन्त्री कप प्रदेश १, लिग फुटबल प्रतियोगिताका खेलहरु धरानमा हुने भएका छन् । विराटनगरमा गर्ने भनिएका प्रतियोगिता धरान सारिएको हो ।

    विराटनगर रंगशाला पानीले जलमग्न भएपछि प्रतियोगिता धरानमा गर्ने निर्णय गरिएको हो । प्रतियोगिताअन्तर्गतका अन्तिम चरणको फाइनलसहितका सबै खेल धरानमा हुनेछन् ।

    बुधबारको....

  • भारत र न्यूजिल्याण्डबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकियो

    न्यूजलय मङ्गलबार २४, असार २०७६

    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ ।

    टस जितेर पहिला ब्याटिङ गरिरहेको न्यूजिल्याण्डले ४६.१ ओभरको समाप्तिमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएपछि खेल रोकिएको हो ।

    न्यूजिल्याण्डले १ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको थियो ।....

  • प्रशिक्षणमा उपस्थित नभएपछि नेइमार कारबाहीमा !

    न्यूजलय मङ्गलबार २४, असार २०७६

    काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्ट्राइकर नेइमारलाई कारबाही गर्ने जनाएको छ ।

    पिएसजीको प्रि–सिजन अभ्यास शत्रको पहिलो दिनको प्रशिक्षणमा नेइमार अनुपस्थित भएका कारण कारबाही गर्न लागेको बताइएको छ ।

    नेइमारका बुबाले सामाजिक कामका कारण क्लबको प्रशिक्षणमा अनुपस्थित भएको बताएका छन्। नेइमारको....

  • एसीसी यू–१९ क्रिकेट प्रतियोगिताः हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि

    न्यूजलय मङ्गलबार २४, असार २०७६

    काठमाण्डौ । मलेसियामा भएको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । उपाधिसँगै नेपालले श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ ।

    मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजेता भएको हो । हङकङले दिएको ९६ रनको लक्ष्य....

  • मेस्सीलाई पछि पार्दै भारतीय कप्तान क्षेत्री बने सर्वाधिक गोल गर्ने खेलाडी

    न्यूजलय मङ्गलबार २४, असार २०७६

    काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका छन् ।

    इन्टरकन्टिनेन्टल कप अन्तर्गत आइतबार राति भएको खेलमा ताजकिस्तानविरुद्ध २ गोल गरेपछि क्षेत्रीले मेस्सीलाई सर्वाधिक गोल गर्ने रेकर्डमा पछि पारेका हुन् । क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा....

  • मेस्सीलाई लाग्न सक्छ दुई वर्ष प्रतिबन्ध

    न्यूजलय मङ्गलबार २४, असार २०७६

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई दुई वर्षको प्रतिबन्ध हुन सक्ने भएको छ ।

    एकपछि अर्को गरी विभिन्न विवादस्पद अभिव्यक्ति दिएका कप्तान मेस्सीलाई दक्षिण अमेरिकी फटुबल महासंघले दुई वर्षसम्म प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताइएको छ । प्रतियोगिताको अवधिमा मेस्सीले खेल भावना विपरीत बोलेको दक्षिण अमेरिकी....