Newslaya Home

खेल

  • ब्राजिलियन फुटबल स्टार रोनाल्डिन्हो रिहा

    न्यूजलय बुधबार २६, चैत २०७६

    काठमाडौं । ब्राजिलियन फुटबल स्टार रोनाल्डिन्हो एक महिने जेल बसाइपछि रिहा भएका छन् ।

    उनी नक्कली पासपोर्ट बोकेर अर्को देशमा छिर्ने प्रयास गरेको आरोपमा पाराग्वेको होटलबाट पक्राउ परेका थिए ।

    उनीसंगै उनका दाइ रोबर्टो पनि संगै रहेका थिए । दाजुभाइलाई ६ महिनाको जेल सजाय सुनाइएको....

  • कोरोनाभाइरस : युभेन्टस क्लवका प्रशिक्षक र खेलाडीले चार महिनाको तलब नलिने

    न्यूजलय आइतबार १६, चैत २०७६

    काठमाडौं । कोरोना भाइरसका कारण हाल स्थगित भएको सिरी ए क्लव युभेन्टस क्लवका प्रशिक्षक र खेलाडीले आफ्नो तलवमा कटौती गर्न सहमत भएका छन् ।

    लिग बन्द भएपछि आर्थिक रुपमा ठूलो घाटा भएपछि क्लवले खेलाडी र प्रशिक्षकको चार महिनाको तलव कटौती गरेका हुन् । तलब कटौतीसँगै....

  • फ्रान्सका पूर्व प्रशिक्षक हिडाल्गोको मृत्यु

    न्यूजलय शुक्रबार १४, चैत २०७६

    काठमाडौं । फ्रान्सलाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा १९८४ को युरोपियन च्याम्पियनसिप जिताएका प्रशिक्षक माइकल हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार मृत्यु भएको छ ।

    १९७६ देखि १९८४ सम्म फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्ने क्रममा उनले १९८२ को विश्वकपमा पनि फ्रान्सलाई सेमिफाइनलसम्म पुर्याएका थिए ।....

  • कोरोनाभाइरस : इतिहासमै पहिलो पटक ओलिम्पिक्स प्रतियोगिता सारिने

    न्यूजलय मङ्गलबार ११, चैत २०७६

    बिबिसि । धेरैले निर्विकल्प देखेको विषय अब औपचारिक भएको छ( कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन्।

    एक वर्षपछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी)का प्रमुखले सहमति जनाएका हुन्।

    प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमाबारे....

  • कोरोना त्रास : ला लिगासहित स्पानिस फुटबल अनिश्चितकालका लागि बन्द

    न्यूजलय सोमबार १०, चैत २०७६

    काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनको सबै खाले फुटबल अनिश्चितकालको लागि स्थगित भएको छ ।

    यसअघि मार्च १२ मा स्पानिस ला लिगा दुई साताको लागि स्थगित गरिएको थियो । तर अहिले बढ्दै गरेको संक्रमणको कारण स्पेनको सबै खाले फुटबल गतिविधि....

  • कोरोनाबाट रियाल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

    न्यूजलय आइतबार ०९, चैत २०७६

    काठमाडौं । कोरोना भाइरसका कारण स्पेनिश क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।

    कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका ७६ वर्षका सान्जको शनिबार मृत्यु भएको हो ।

    उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए ।

    सान्जको मृत्युबारे....

  • इटहरीमा प्रथम प्रदेस स्तरीय फुटसल प्रतियोगिता सम्पन्न

    न्यूजलय शनिबार ०८, चैत २०७६

    इटहरी । सुनसरीको इटहरीमा प्रथम प्रदेस स्तरीय नकाउट फुटसल प्रतियोगता सम्पन्न भएको छ ।

    इटहरी–१० स्थित एसडी फुटसलमा भएको शम्भु वास्तोला स्मृति प्रथम प्रदेस स्तरिय नकाउट फुटसल प्रतियोगता पाथिभरा फुटसल इटहरी विजयी भएको हो ।

    प्रदेस नम्बर १ का विभिन्न १२ वटा फुटसल टिमको सहभागिता....

  • युभेन्टसका मिडफिल्डर माटुइडीलाई कोरोना संक्रमण

    न्यूजलय बुधबार ०५, चैत २०७६

    काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

    इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको पुष्टि गरेको हो । युभेन्ट्सले फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडी अहिले आइसोलेसनमा रहेको समेत जनाएको छ ।

    कोरोनाको संक्रमण देखिने....

  • अब युरोकप फुटबल अर्को वर्ष मात्र

    न्यूजलय मङ्गलबार ०४, चैत २०७६

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सरेको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुनेछ ।

    युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक भिडियो कन्फ्रेन्स गरेको थियो । नर्वेजियन एफएका अनुसार अब यो प्रतियोगिता अर्को वर्ष....

  • राखेपद्धारा सम्पूर्ण खेल प्रतियोगिता बन्द गर्न निर्देशन

    न्यूजलय मङ्गलबार ०४, चैत २०७६

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

    मंगलबार राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा बसेको बैठकले १ हप्ता खेल गतिविधि बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो ।

    राखेपले नोबेल कोरोना भाईरस (कोभिड – १९) ले....