सप्तकोशीको बाढीमा ३४ जना फसे, उद्दारको लागि मुख्यमन्त्रीको निर्देशन

न्युजलय १२ असोज २०८१, शनिवार ०४:३३ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गरेका छन् । दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी थिए ।

मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाइ आग्रह गरेका छन् । स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गरेका हुन् । गाई भैसी चराउन गएका उनीहरू फसेका थिए । उनिहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइरहेको छ । अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए। 

 अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाइ आवागमनमा रोक लगाइएको छ ।