इटहरी । इटहरीमा डेढ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–८ का सुदीप तामाङका डेढ वर्षीय छोरा रेमन तामाङ रहेका छन् । रेमनको घर नजिकै रहेको पोखरीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई बाहिर निकालेर घर ल्याउँदा उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।