काठमाडौँ । आइतबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सुधार देखिएको छ । आज ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार १८३ कित्ता सेयर ८६ हजार ६३६ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।