पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा काफ्ले निर्वाचित

न्युजलय २९ मङ्सिर २०८१, शनिवार १२:१० मा प्रकाशित

इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्। 

प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेका काफ्ले ९४ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी गणेश निरौलाले ७९ मत प्राप्त गरेका थिए।

काफ्लेको नेतृत्वमा उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ।  

समावेशी सचिव बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी चयन भएका छन्। त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई, र समावेशी सदस्यमा नशिम अन्सारी चयन भएका छन्।

खुला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल (ज्योति), सिंह बहादुर मादेन, सुदीप पोखरेल, र हिरण्य कुमार कार्की चयन भएका छन्।

प्रदेश परिषद् सदस्यमा कमला कुमारी चौधरी, धिरेन्द्र कुमार चौधरी, नवराज बिष्ट, पिएमणी भट्टराई, रामकृष्ण खड्का, रूम रिजाल, शुसिला चौधरी, सुमित्रा राई सञ्जु, महिलामा कानुन कार्की, र समावेशीमा उपेन्द्र चाम्लिङ, धनकुमार राई, विकास चाम्लिङ राई, विक्की श्रेष्ठ, सोहन श्रेष्ठ, र हिमाल राई चयन भएको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय परिषद् सदस्य खुलामा गोपाल दाहाल र बाबुराम सुवेदी तथा केन्द्रीय परिषद् सदस्य महिलामा सुभद्रा प्याकुरेल चयन भएका छन्।