Newslaya Home

अन्तर्राष्ट्रिय

  • केन्यामा विद्यालय भवन भत्किँदा सात जनाको मृत्यु

    न्यूजलय सोमबार ०६, असोज २०७६

    काठमाण्डौ । केन्याको राजधानी नैरोबीको एक विद्यालयको भवन भत्किँदा कम्तिमा सात बालबालिकाको ज्यान गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान विद्यालय सुरु भए लगत्तै कक्षाकोठ भत्किएको हो ।

    दर्जनौँ विद्यार्थी भत्किएको भवनको भग्नावशेषमा फसेको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । आपतकालीन उद्धारकर्मीहरु घटनास्थलमा....

  • अमेरिकामा मोदीलाई भव्य स्वागत

    न्यूजलय सोमबार ०६, असोज २०७६

    अमेरिकामा मोदीलाई भव्य स्वागतबिबिसि । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन् ।

    टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे ।

    आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको....

  • अमेरिकामा फेरि गोली चल्यो, दुई जनाको मृत्यु

    न्यूजलय आइतबार ०५, असोज २०७६

    काठमाडौं । अमेरिकाको साउथ क्यारोलिनामा शनिबार राति गोली चलेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

    साउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्र्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको....

  • गहिरो पानीमा डुब्दै प्रेमिकालाई प्रपोज गर्दा प्रेमीको मृत्यु

    न्यूजलय आइतबार ०५, असोज २०७६

    काठमाण्डौ । भनिन्छ प्रेम अन्धो हुन्छ , यस्तै अन्धोपन देखाएका छन् एक जोडीले । अमेरिकाको लुइसियानामा स्टेभिन बीबर गहिरो पानीभित्र आफ्नो प्रेमिकालाई बिहेका लागि प्रस्ताव राख्दै गर्दा डुबेर उनको मृत्यु भएको छ ।

    बीबर आफ्नो प्रेमिका एन्टोइनेको साथमा छुट्टी मनाउन तान्जानियाको पेम्बा आइल्यान्ड गएका थिए....

  • एयर इन्डियाको विमान हुरीमा फसेपछि........

    न्यूजलय आइतबार ०५, असोज २०७६

    काठमाडौं । भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ ।

    समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको हो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

    केही यात्रुलाई सामान्य चोट लागेको विमान कर्मचारीले जनाएका....

  • यी महिला जसले आपत्तीजनक भिडियो बनाएर नेता र सरकारी अधिकृतबाट लिए १५ करोड भारु

    न्यूजलय आइतबार ०५, असोज २०७६

    काठमाडौं । भारतको मध्यप्रदेशका नेता र सरकारी अधिकृतहरुलाई व्ल्याकमेल गरेर पाँच महिलाले १५ करोड भारु लुटेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । अनुसन्धानका क्रममा उनीहरुबाट अनौठा सूचना प्राप्त भएको छ ।

    उनीहरुलाई पक्राउ गर्नको लागि प्रहरी र आतकंवाद विरोधी स्क्वाड(एटीएस)को प्रयोग भएको....

  • विश्वकै अग्लो भवनमा यसरी फहराइयो नेपालको झण्डा (भिडियो)

    न्यूजलय शनिबार ०४, असोज २०७६

    काठमाडौ । विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा झिलिमिली पारिएको छ ।

    युएईको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार शुक्रवार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा प्रोजेक्टरमार्फत नेपाली झण्डा झिलिमिली पारिएको हो ।

    संविधान तथा राष्ट्रिय दिवसको अवसरमा संसारकै अग्लो भवनमा नेपाली झण्डा....

  • जापानमा सयवर्ष भन्दा माथिका मानिसको संख्या ७० हजार भन्दा बढी

    न्यूजलय शुक्रबार ०३, असोज २०७६

    काठमाडौँ । जापानमाा ७० हजार भन्दा बढी मानिसले सय वर्ष कटेका छन् ।

    सय वर्ष कटेका कुल ७१,२३८ जना मध्ये पनि ८८ दशमलव १ प्रतिशत महिला रहेका छन् ।

    चेतिस्तु वातानावे ११२ वर्षको उमेरका नागरीक जापानका सर्वाधिक उमेर भएका नागरीक हुन् । जापानको औसत आयू....

  • दुबईमा रहेको संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा

    न्यूजलय शुक्रबार ०३, असोज २०७६

    काठमाडौँ । दुबईमा रहेको संसारकै अग्लो भवन बुर्ज खलिफामा आज राती नेपाली झण्डा झिलिमिली हुने भएको छ ।

    युएईको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार शुक्रवार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा प्रोजेक्टरमार्फत नेपाली झण्डा झिलिमिली पारिने भएको छ ।

    संविधान तथा राष्ट्रिय दिवसको....

  • आफ्नो उडानका कारण अरु उडानलाई असर परेको भन्दै मेक्सिकोकी मन्त्रीले दिइन् राजीनामा

    न्यूजलय शुक्रबार ०३, असोज २०७६

    काठमाडौं । आफ्नो उडानका कारण अरु उडानलाई असर परेको भन्दै मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन् ।

    राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले....