Newslaya Home

अन्तर्राष्ट्रिय

  • पाकिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

    न्यूजलय बिहीबार ०९, असोज २०७६

    इस्लामावाद । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ भने कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार बिहान जनाएको छ ।

    पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर मङ्गलबार अपराह्नमा भूकम्प गएको थियो ।

    यस भूकम्पको कारण....

  • चीनमा बन्यो विश्वकै ठूलो विमानस्थल

    न्यूजलय बुधबार ०८, असोज २०७६

    चीन। चीनले ११ अर्ब डलर खर्चेर एक घन्टामा ३०० जहाज टेक अफ र ल्यान्ड गर्न सक्ने विमानस्थल बनाएको छ ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन्।

    चीनले ४७ वर्ग किलोमिटरमा फैलिएको उक्त विमानस्थल पाँच वर्षमा बनाइसकेको हो। डाक्सिङ अन्तर्राष्ट्रिय....

  • बिहेअघि यौन सम्बन्ध राख्न नदिने प्रस्तावित कानुनको इन्डोनेशियामा चर्को विरोध

    न्यूजलय बुधबार ०८, असोज २०७६

    बिबिसि । इन्डोनेशियाको संसद्‌ बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ ।

    प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको चर्को विरोध भएको छ ।

    उक्त मस्यौदा कानुनविरुद्ध देशका अन्य....

  • ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु

    न्यूजलय बुधबार ०८, असोज २०७६

    बिबिसि । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी छन् ।

    डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ुविदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेकोु आरोप लगाइन् ।

    ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र....

  • भारत र पाकिस्तानमा ६.३ म्याग्नेच्युडको भूकम्प

    न्यूजलय मङ्गलबार ०७, असोज २०७६

    नयाँदिल्ली । पाकिस्तान सीमानजिकै ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ ।

    सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजेर ३१ मिनेटमा लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो।

    भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ । भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर....

  • दुई वटा आँप चोरी गर्नाले गयो जागिर

    न्यूजलय मङ्गलबार ०७, असोज २०७६

    काठमाडौँ । दुबईको इन्टरनेशनल एयरपोर्टका एक कर्मचारीले दुई वटा आँप चोरी गर्दा जागिर गुमाएका छन् ।

    यसकासाथै अदालतले उनलाई दोषी ठहर्दै तीन महिनाको जेल र ५ हजार दिराम (करीब १ लाख ५४ हजार नेपाली) जरिवाना लगाएको छ ।

    यो घटना २०१७ को रहेको छ ।....

  • पोर्टो रिकोमा शक्तिशाली भूकम्प

    न्यूजलय मङ्गलबार ०७, असोज २०७६

    एजेन्सी । क्यारेबियन राष्ट्र पोर्टो रिकोमा ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गएको छ । मंगलबार रातको समयमा पोर्टोको उत्तर पश्चिम तटीय क्षेत्रमा ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गएको थियो ।

    पहिलो भूकम्प लगत्तै ४.७ र ४.६ म्याग्नीच्यूडका पराकम्प गएको हो । पोर्टोको विपद व्यवस्थापन निकायका....

  • इण्डोनेसियामा हिंसा भड्किँदा २० जनाको मृत्यु

    न्यूजलय मङ्गलबार ०७, असोज २०७६

    काठमाडौं । इण्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार हिंसा भड्किंदा कम्तीमा २० जनाको मृत्यु भएको र दर्जनौँ व्यक्ति जलेर घाइते भएका अधिकारीहरूले बताएका छन् ।

    अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर मृत्यु भएको हो ।

    घाइतेमध्ये केहीको शरीरको अधिकांश....

  • इण्डोनेसियाको जंगलमा आगो लाग्दा फेरियो आकाशको रंग

    न्यूजलय मङ्गलबार ०७, असोज २०७६

    जकार्ता । इण्डोनेसियाको जंगलमा लागेको आगोका कारण जाभा प्रान्तमा आकाशको रंग नै फेरिएर रातो भएको छ । जंगलमा लाग्ने आगोका कारण इण्डोनेसियाको जनजीवन त्रसित हुने गरेको छ । आगो र धुवाँका कारण आँखा र घाँटीमा दुखाई भइरहेको स्थानीय बासिन्दाले जनाएका छन् । का अनुसार आकाशको....

  • भारतमा गाई मारेको आरोपमा एक जनाको हत्या

    न्यूजलय सोमबार ०६, असोज २०७६

    नयाँदिल्ली । भारतमा गाई मारेको आरोपमा एक जनाको हत्या भएको छ ।

    भारतको पूर्वी झारखण्ड राज्यको राजधानी राँची नजिकै हिन्दु वाहुल्य पूर्वी क्षेत्रमा उक्त घटना भएको हो ।

    जसमा गाई मारेको आरोप लगाउँदै उत्तेजित भएको १० देखि १५ जनाको भीडले तीनजनामाथि आक्रमण गरेका थिए ।....