Newslaya Home

अन्तर्राष्ट्रिय

  • अमेरिकामा विमान दुर्घटना हुँदा सातजनाको मृत्यु

    न्यूजलय बिहीबार १६, असोज २०७६

    काठमाण्डौ । अमेरिकाको केनाटिकटमा लडाकु विमान दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । केनाटिकट राज्यको विमानस्थलमा विमान दुर्घटना भएको हो ।

    भिन्टेज बोइङ बी–१७ विमानमा १३ जना सवार थिए । स्थानीय समय अनुसार बुधबार बिहान हार्टफोर्डको बाहिरी क्षेत्रमा दुर्घटना भएको हो । सो विमान सर्वसाधारणको....

  • महात्मा गान्धीको हत्याराको पक्षमा ट्रेन्डिङ

    न्यूजलय बिहीबार १६, असोज २०७६

    काठमाण्डौ । यतिबेला महात्मा गान्धीका हत्यारा नाथुराम गोडसे पक्षमा ट्वीटरमा ट्रेन्डिङ भइरहेको छ ।

    महात्मा गान्धीको १५० औं जयन्तीमा बुधबार भारतमा गोडसे अमर रहुन् ह्यासट्याग ट्वीटरमा टप ट्रेन्ड गरिरहेको हो । ३० जनवरी सन् १९८४ मा महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने नाथुराम गोडसेलाई आत्महत्याको....

  • मोदीले आज भारतलाई खुला दिसामुक्त देश घोषणा गर्ने

    न्यूजलय बुधबार १५, असोज २०७६

    नयाँ दिल्ली । आज ९बुधबार० भारतमा महात्मा गान्धीको १५० औं र भारतका दोस्रो प्रधानमन्त्री लाल बहादुर शास्त्रीको पनि ११६औं जन्मजयन्ती मनाइँदैछ । सोही अवसरमा मोदीले आज भारतलाई खुला दिसा मुक्त देश घोषणा गर्ने भएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहानै राजघाट गएर गान्धीप्रति श्रद्धाञ्जली....

  • दुबईमा भएको बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

    न्यूजलय मङ्गलबार १४, असोज २०७६

    काठमाडौँ । यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ ।

    यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीको जानकारी अनुसार ज्यान जाने नेपालीहरुमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेका छन् ।

    स्थानीय....

  • प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु

    न्यूजलय सोमबार १३, असोज २०७६

    काठमाडौं । अफ्रिकाको सबभन्दा अग्लो माउन्ट किलिमान्जारोमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पर्यटकको मृत्यु भएको छ ।

    वार्षिक ५० हजार पर्यटकले चढ्ने किलिमान्जारोमा आइतबार एक क्यानडालीको मृत्यु भएको तान्जानिया राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका हुन् ।
    पर्यटकहरूले प्याराग्लाइडिङ गर्दै वन्यजन्तु सफारीको आनन्द लिने किलिमान्जारो प्याराग्लाइडिङको लोकप्रिय....

  • भारतमा बाढीले १सय २९ जनाको मृत्यु

    न्यूजलय सोमबार १३, असोज २०७६

    काठमाण्डौं । भारतमा वर्षासँगै आएको बाढीले एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो ।

    भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको....

  • चीनको एक कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु

    न्यूजलय सोमबार १३, असोज २०७६

    काठमाडौं । चीनको पूर्वी इलाकामा रहेको एक कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । आइतवार बिहान भएको आगलागीका कारण तीन जना घाइते भएका छन् ।

    घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको त्यहाँको स्थानीय सरकारले ट्वीटरमार्फत जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको स्थानीय सरकारले....

  • साउदी राजाका अङ्गरक्षकको आफ्नै साथीद्वारा गोली हानी हत्या

    न्यूजलय आइतबार १२, असोज २०७६

    बिबिसि । साउदी राजा सलमानका अङ्गरक्षकलाई व्यक्तिगत विवादका कारण उनका एक साथीले गोली हानेर हत्या गरेको अधिकारीहरूले बताएका छन् ।शनिबार राति एक जना साथीलाई भेट्न जाँदा जेनरल अब्देल अजिज एल फागमको माम्दूह बिन मेशाल अल अलीसँग विवाद भएको बताइएको छ ।

    प्रहरीका अनुसार अली जेद्दाहस्थित....

  • नेपालका नदीमा आएको बाढीले बिहारमा डुबान, १० जनाको ज्यान गयो

    न्यूजलय आइतबार १२, असोज २०७६

    काठमाडौं । निरन्तरको वर्षा र बाढीका कारण नेपालसँगको सीमावर्ती राज्य बिहारमा जनधनको क्षति भएको छ ।

    बिहारको भागलपुरमा अत्यधिक वर्षाका कारण पर्खाल भत्किँदा अलग–अलग तीन स्थानमा ६ जनाको मृत्यु भएको छ । खगौलमा रुख ढल्दा अन्य चार जनाको मृत्यु भएको छ ।

    बिहारका अधिकांश जिल्लामा....

  • लगातारको वर्षाका कारण भारतमा ८० जनाको मृत्यु

    न्यूजलय आइतबार १२, असोज २०७६

    काठमाण्डौ । लगातारको वर्षाका कारण भारतमा ८० जनाको मृत्यु भइसकेको छ भने कयौं मानिस घाइते तथा धेरै विस्थापित भएका छन्। खासगरी उत्तरप्रदेश र विहार राज्यमा वर्षा र बाढीले जनजीवन अस्तव्यस्त भइरहेको छ।

    अधिकारीहरुका अनुसार उत्तरप्रदेशका १८ तथा बिहारका १५ जिल्लाहरुमा विद्यालय बन्द गरिएका छन्। भारतका....