Newslaya Home

अन्तर्राष्ट्रिय

  • कास्मिरमा गोली हानाहान, ८ प्रहरीको मृत्यु

    न्यूजलय आइतबार ११, भदौ २०७४

    काठमाडौं । भारतीय सुरक्षा फौज र आतंकवादीबीच भएको झडपका क्रममा काश्मिरमा दुई आतंकवादी र आठ प्रहरीको मृत्यु भएको छ । 
    भारत प्रशासित कश्मीरको प्रहरी क्याम्पमा शनिवार आतंकवादी समुहले आक्रमण गरेका थिए । आइतवार पनि त्यहाँ सर्च अपरेसन चलिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

  • ​अमेरिकामा आएको समुद्री आँधीले जनजीवन प्रभावित, सावधानी अपनाउन आग्रह

    न्यूजलय आइतबार ११, भदौ २०७४

    काठमाडौं । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्वेका कारण जनजीवन अस्तव्यस्त भएको छ । राष्ट्रिय आँधी केन्द्र अमेरिकाले तुफानका कारण भारी वर्षा हुने र बाढी आउन सक्ने चेतावनी समेत दिएको छ ।

    आँधिका कारण विद्युत अवरुद्ध भएको छ भने केही घरमा आगलागी....

  • ​पर्यटक बढाउन जापानमा १० औ नेपाल फेस्टिबल सुरु

    न्यूजलय आइतबार ११, भदौ २०७४

     जापान । जापानको राजधानी टोकियोको उएनोपार्कमा १० औ नेपाल फेस्टिबल शनिबारदेखि शुरु भएको छ । नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले दुईदिने फेस्टिबल सुरु भएको हो ।
    उक्त फेस्टिबल एनआरएनए जापान, स्थानीय सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा गरिएको हो । 
    आयोजकका अनुसार....

  • ​धर्मगुरुको सर्मथनमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

    न्यूजलय आइतबार ११, भदौ २०७४

    काठमाडौं । भारतका स्वघोषित आध्यात्मिक गुरू गुरमित राम रहिम सिंह बलात्कारमा दोषी ठहर भएपछि उनका समर्थहरुले गरेको हिंस्रक प्रदर्शनमा मर्नेको संख्या ३६ पुगेको छ ।  
    गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था सच डेरा सौदाका प्रमुखसमेत रहेका सिंहलाई आफ्ना दुई अनुयायी महिलामाथि बलात्कार गरेको ठहरसहित....

  • ​धर्मगुरुको समर्थनमा हजारौको प्रदर्शन, ३२ को मृत्यु

    न्यूजलय शनिबार १०, भदौ २०७४

    पाँचकुला । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतले दोषी ठहराएपछि भारतका विभिन्न स्थानमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेपमा मृत्यु हुनेको संख्या ३२ पुगेको हो । रहीमका समर्थकहरुले गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा परी देशका विभिन्न शहरमा मृत्यु हुनेको संख्या....

  • उत्तरकोरियाद्वारा सानो दुरिका तीन वटा क्षेप्यास्त्र परिक्षण

    न्यूजलय शनिबार १०, भदौ २०७४

    काठमाडौं । संयुक्त राष्ट्र संघलगायत शक्तिशाली देशले गरेको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले सानो दुरीका तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।  दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्र परीक्षण गरेको देखिएको जनाएको छ ।
    उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको....

  • ​धर्मगुरु गुरमीत राम रहीम बलात्कारी ठहर

    न्यूजलय शुक्रबार ०९, भदौ २०७४

    काठमाडौ । भारतका प्रमुख धर्मगुरु गुरमीत राम रहीमलाई विशेष अदालतले बलात्कारी घोषित गरेको छ । डेरा सच्चा सौदा बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको हो । 
    उक्त फैसलासँगै पञ्जाब र हरियाणामा उनका समर्थकहरुले हिंसा सुरु गरेका छन् । हिंसामा परि ११ जनाको मृत्यु भएको....

  • ​थाइल्याणकी पूर्व प्रधानमन्त्रीले देश छाडिन्

    न्यूजलय शुक्रबार ०९, भदौ २०७४

    बैंकक । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङ्लक सिनावात्राले देश छाडेकी छिन् । आफूमाथि लागेको भ्रष्टाचार आरोपको निर्णय आउनुअघि नै देश छोडेकी हुन् ।
    उनका वकिलले भने उनी बिरामी भएकाले अदालतमा उपस्थित हुन नसकेको बताएका छन् । 
    अदालतमा उपस्थित हुन नसक्दा उनीविरुद्ध पक्राउ पुर्जी जारी....

  • ​दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

    न्यूजलय शुक्रबार ०९, भदौ २०७४

    ब्राजिल । ब्राजिलमा भएको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ । 
    सिङ्गु नदीमा भएको डुङ्गा दुर्घटनामा १९ जनाको मृत्यु भएको उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले जनाएको छ । त्यसैगरी, बाहिया राज्यमा भएको अर्को डुङ्गा दुर्घटनामा २२....

  • भारतीय मिडिया भन्छन्, "चुल्ठो काट्ने किरा चीनले पठायो"

    न्यूजलय बिहीबार ०८, भदौ २०७४

    सुनसरी । भारत तथा नेपालको तराई क्षेत्रमा महिलाहरुको चुल्ठो काटिने हल्ला आतंकको रुपमा देखिएको छ । पश्चिम नेपालमा देखिएको यो समस्या अहिले प्रहरीसम्म पुगिसकेको छ । 
    चुल्ठो कसरी काटियो वा कसले काट्यो भन्ने विषयमा यकिन भइसकेको छैन । तथापी ताइवानमा पाइने एउटा किराले चुल्ठो....