Newslaya Home

अन्तर्राष्ट्रिय

  • अब स–परिवार कोरिया जान सकिने

    न्यूजलय सोमबार १६, साउन २०७४

     कोरियाले भिसा प्रणाली परिवर्तन गर्दै

    अब कोरियमा पनि परिवारसहित जान पाइने भएको छ । चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले भिसा प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेपछि अब दक्ष विदेशीले आफ्नो परिवरलाई कोरियामै लैजान पाउनेछन् ।
    परिवर्तित भिसा प्रणाली अनुसार....

  • फ्रान्समा राष्ट्रपति चुनावका लागि कडा सुुरक्षा

    न्यूजलय सोमबार १६, साउन २०७४

    फ्रान्समा आइतबार हुने राष्ट्रपति निर्वाचन विदेशमा रहेका केही फ्रान्सेली नागरिकले मतदान गर्न थालेका छन ्। निर्वाचनको तयारी स्वरुप सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार जना सैनिक परिचालन गरिएको बताइएको छ ।

    इस्लामवादी उग्रवादीको हमलामा मध्य....

  • डेढसय मिटर चौडा स्लिम्स नदी चार दिनमै सुक्यो

    न्यूजलय सोमबार १६, साउन २०७४

    क्यानडा । अहिले जलवायु परिवर्तनको निकै नराम्रो असर विश्वका नदीहरुमा देखा पर्न थालेको छ । क्यानडामा वग्ने स्लिम्स नदी जलवायु परिवर्तनको प्रभावकै कारण ४ दिनमा नै सुकेको छ ।
    यसलाई जलवायु परिवर्तनको असरका रुपमा अनुसन्धानकर्ताहरुले व्याख्या गरेका छन् । वैज्ञानिकहरुले प्रकृतिको यस्तो आश्चर्यजनक घटनालाई....

  • अफगानिस्तानको सैनिक शिविरमा भएको आक्रमणमा मर्नेको संख्या १३० नाग्यो

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । अफगानिस्तानको उत्तरी बाल्खा प्रान्तमा तालिबान लडाकुले सेनाको शिविरमा गरेको आक्रमणमा मर्नेको संख्या १३० नाघेको छ । आक्रमणमा मारिनेमा अधिकांश सैनिक छन् । सो संघर्षमा १० जना तालिबान लडाकु पनि मारिएको र एकजना पक्राउ परेको जनाइएको छ ।
    मजार–ए–सरिफ सहरको बाहिरी क्षेत्रमा रहेको....

  • हिन्दू विद्यार्थीलाई गाईको मासु दिइएपछि ...

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । बंगलादेशको विश्वविद्यालयमा हिन्दू विद्यार्थीहरूलाई गाईको मासु दिएपछि हङगामा भएको छ । बंगलादेश स्थित ढाका विश्वविद्यालयमा बंगाली नयाँ वर्ष उत्सव मनाउन हजारौं विद्यार्थी भेला भएको बेला गाईको मासु पस्कीएपछि उनीहरुले विरोध गरेका छन् ।
    हिन्दू विद्यार्थीको धार्मिक भावनामाथि चोट पु–याउने क्रियाकलाप भएकोमा विश्वविद्यालयले....

  • अन्तरजातीय प्रेमी जोडीलाई नाङ्गै घुमाइयो

    न्यूजलय सोमबार १६, साउन २०७४

    नयाँदिल्ली । जातपात र छुवाछुतका कुराहरु दन्त्यकथा बनिसकेको अहिलेको अवस्थामा भारतको राजस्थानस्थित आदिवासी जिल्ला बाँसवाडाको एउटा गाउँमा एक जोडी प्रेमीलाई निर्वस्त्र बनाएर घुमाइएको छ ।
    कचरु र मोनिका नामका युवक युवती दुई वर्षअघि गुजरातमा मजदुरी गर्ने क्रममा प्रेममा परेका थिए । फरक फरक जातिका....

  • दुतावासले अलपत्र १८ नेपालीलार्इ घर फर्कायो

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौँ । नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
    मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको....

  • भयानक बम विस्फोटनपछि हजारौंलाई ठाउँ सारियो

    न्यूजलय सोमबार १६, साउन २०७४

    सिरिया । बुधवार सिरियामा हजारौं जनालाई अत्यन्तै कडा सुरक्षा घेरामा राखी सरकार तथा विद्रोहीको कब्जामा रहेका इलाकाबाट सुरक्षित स्थानमा लगिएको छ ।
    सरकारको नियन्त्रणमा रहेको क्षेत्रबाट बाहिर गइरहेको बसमा सप्ताहान्तमा विस्फोट हुँदा करीब ७० बालबालिकासहित १२६ जनाको मृत्यु भएको थियो ।
    सरकार र....

  • अष्ट्रेलियाको नागरिकता लिन चार वर्ष बसोबास गरेको हुनुपर्ने

    न्यूजलय सोमबार १६, साउन २०७४

    क्यानबरा । अष्ट्रेलियाले आफ्नो आप्रवासन प्रक्रियामा नागरिकता लिन कठिन बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार आप्रवासीले नागरिकता लिन चाहने कम्तिमा चार वर्ष अष्ट्रेलियामा स्थाई बसोबास गरेको हुनुपर्ने छ ।्
    विदेशी कामदारलाई दिने भिसामा अष्ट्रेलियाले कडाई गर्ने घोषणा गरेपछि नागरिकतामा पनि कडाई गर्ने भएको हो....

  • अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु, एक घाइते

    न्यूजलय सोमबार १६, साउन २०७४

    अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

    क्यालिफोर्नियाको डाउनटाउन फ्रेस्नोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीले जनाएको छ । ३९ वर्षका आक्रमणकारीले अरबी भाषामा ‘भगवान सर्वेसर्वा छन’ भन्दै गोली चलाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका....