Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​एक हप्तामा १८ हजार मुसलमान किन छिरे बंगलादेश ?

    न्यूजलय बुधबार १४, भदौ २०७४

    काठमाडौं । म्यानमारबाट करिब १८ हजार रोहिंगा मुसलमान बंगलादेश छिरेका छन् । यस्तै अझै पनि हजारौं मानिस सीमा क्षेत्रमा बंगलादेश पस्न पर्खिरहेको बीबीसीले जनाएको छ ।
    म्यानमारको राखिन राज्यमा फैलिएको हिंसाबाट बच्नको लागि यति धेरै संख्यामा रोहिंगा मुसलमान छिमेकी देशभित्र प्रवेश गरेका हुन् ।....

  • ​एउटै अस्पतालमा तीन दिनमा ६० बालबालिकाको मृत्यु

    न्यूजलय बुधबार १४, भदौ २०७४

    काठमाडौं । भारतको एक अस्पतालमा तीन दिनमा ६० जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ नवजात शिशु छन् । 
    उत्तरी भारतको बाबा राघवदास अस्पतालमा यति धेरै संख्यामा बालबालिकाको मृत्यु भएको हो । अस्पतालमा आपुर्ती हुंदै आएको अक्सिजन ग्यासको तिर्न बाँकी उधारो धेरै....

  • ​उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक

    न्यूजलय बुधबार १४, भदौ २०७४

    न्यूयोर्क । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक आह्वान गरेको छ । उत्तर कोरियाले जापानको हवाई क्षेत्र हुँदै मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेका हुन् । 

  • ​डुब्यो भारतको मुम्बई, डेढ करोड मानिस प्रभावित

    न्यूजलय बुधबार १४, भदौ २०७४

    मुम्बई । भिषण वर्षाका कारण भारतको मुम्बई क्षेत्रका अधिकांश भूभाग जलमग्न भएकाछन् । त्यस्तै डुबानबाट  १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।

    अधिकांश क्षेत्र डुबानमा परेपछि एक अस्पताल सहित हावाइ र रेलवे सेवा समेतमा प्रभाव परेको छ । डुबानले हवाई....

  • ​अमेरिकाको शहर पानीमा डुब्यो

    न्यूजलय मङ्गलबार १३, भदौ २०७४

    इटहरी । अविकसित देशमाहरुमा प्राकृतिक विपत्तीले ठूलो क्षती गर्ने गरेको छ । तर विकसित देशहरुलाई पनि प्राकृतिक विपत्तिले छाड्दैन । अमेरिकाको ह्युस्टन शहर यस्तै विपत्तिको चपेटामा परेको छ ।
    समुद्री आँधी (हरिकेन हार्भी) ले ह्यु्स्टनलाई तहसनहस बनाएको छ । आँधीपछि अत्यधिक वर्षा हुँदा शहर....

  • ​उत्तर कोरियाको मिसाइल परिक्षण जापानको जमिनमाथिबाट

    न्यूजलय मङ्गलबार १३, भदौ २०७४

    काठमाडौं । उत्तर कोरियाले धेरै पटक मिसाइल परिक्षण गरेपनि यस पटक पहिलो चोटी जापानको जमिनमाथिबाट जाने गरी प्रहार गरेको छ । मंगलबार बिहान परिक्षण गरेको उक्त मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ ।
    अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुका अनुसार सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल....

  • ​रामरहिमलाई १० वर्षको जेल सजाय

    न्यूजलय सोमबार १२, भदौ २०७४

    इटहरी । भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ । बलात्कार मुद्दामा दोषी पाइएका उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको हो । भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमीत रामरहीम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना....

  • ​भारत र चीनबीच सहमति, दोक्लमबाट सेना फिर्ता गराइने

    न्यूजलय सोमबार १२, भदौ २०७४

    काठमाडौं । दोक्लाम क्षेत्रमा करिब तीन महिनादेखि चलिरहेको भारत–चीन तनाव अन्त्य हुने भएको छ । त्यसको लागि दुवै देशले छिटोभन्दा छिटो आफ्नो सैन्य तैनाथी घटाउने सहमति भएको भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
    पछिल्ला केहीसाता भारत र चीनले आफ्नो....

  • ​बेलायतमा सडक दुर्घटना, ८ जनाको मृत्यु

    न्यूजलय सोमबार १२, भदौ २०७४

    बेलायत । दक्षिणी बेलायतको राजमार्गमा सडक दुर्घटाना हुँदा ६ जना युवकसहित दुई महिलाको मृत्यु भएको छ । त्यसैगरी, सोही दुर्घटनामा चार जना गम्भीर घाइते समेत भएका छन् । 
    बेलायतमा पछिल्लो २४ वर्षको क्रममा भएको यो सबैभन्दा भयानक सडक दुर्घटना मानिएको छ । शनिबार भएको....

  • ​टेक्सासमा आएको समुद्री आँधीमा परी पाँचको मृत्यु

    न्यूजलय सोमबार १२, भदौ २०७४

    अमेरिका । अमेरिकाको टेक्सासमा दुई सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको समुद्री आँधीमा परी पाँच जनाको मृत्यु भएको छ । लगातार परिरहेको पानी र आँधीबाट प्रभावित दुई हजारभन्दा बढीको उद्धार गरिएको छ ।
    अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको हार्भे....