Newslaya Home

सूचना-प्रबिधि

  • टर्कीमा ट्वीटर, पेरिस्कोप लगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न प्रतिबन्ध

    न्यूजलय शनिबार १०, माघ २०७७

    काठमाडौं । टर्की सरकारले ट्वीटर, पेरिस्कोप र पिन्टेरेस्ट लगायतका सोसल मिडियामा विज्ञापन गर्न प्रतिबन्ध लगाएको छ । त्यहाँको नियामक निकाय सूचना प्रविधि प्राधिकरणले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न प्रतिबन्ध गरेको हो ।

    यसअघि टर्कीले सोसल मिडियासँग सम्बन्धित कानून ल्याएको थियो । उक्त कानूनमा रहेर ट्वीटर, पेरिस्कोप....

  • सामसुङ प्रमुखलाई साढे २ वर्षको जेल सजाय

    न्यूजलय बुधबार ०७, माघ २०७७

    काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङका प्रमुख व्यक्ति ली जे योंगमाथि अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ ।

    दक्षिण कोरियास्थित उच्च अदालतले घुस काण्डमा दोषी ठहर गर्दै ली माथि जेलसजाय गरेको हो ।

    दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हइसमेत संलग्न घुसकाण्डको पुनः सुनुवाइका....

  • अब मोबाइलबाटै नागरिकताको विवरण सच्याउन मिल्ने

    न्यूजलय मङ्गलबार ०६, माघ २०७७

    काठमाडौं । सरकारले गत शुक्रबार सार्वजनिक गरेको नागरिक एपमा नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउने भएको छ । गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको हो ।

    नागरिक एपमा धेरै सेवाग्राहीको नागरिकता....

  • अब युट्युबबाटै अनलाइन शपिंग गर्ने मिल्ने

    न्यूजलय सोमबार ०५, माघ २०७७

    काठमाडौँ । अब युट्युबबाटै अनलाइन शपिंग गर्ने मिल्ने फिचर आउने भएको छ ।

    जब युट्युबमा कुनै प्रोडक्टको विज्ञापन देखिन्छ तब त्यहाँबाट सिधा लिंकमा क्लिक गरेर उक्त प्रोडक्ट खरिद गर्न सकिनेछ ।

    यससंगै सर्च गरेर पनि प्रोडक्ट किन्न सकिनेछ र अहिले यस सिस्टमको परिक्षण भइरहेको छ....

  • फेसबुकलाई पछि पार्दै टिकटक बन्यो विश्वकै सर्वाधिक लोकप्रिय एप

    न्यूजलय आइतबार ०४, माघ २०७७

    काठमाडौं । फेसबुकलाई पछि पार्दै टिकटक प्रयोगकर्ताको सबैभन्दा लोकप्रिय प्लेटफर्म बनेको छ ।

    मोबाइल एप इन्टिलिजेन्स एजेन्सी एप एन्नीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२० मा सामाजिक सञ्जाल फेसबुकमा भन्दा भिडियो प्लेटफर्म टिकटकमा प्रयोगतर्काले बढी समय बिताएका छन् ।

    उक्त प्रतिवेदन अनुसार फेसबुक कम्पनीको....

  • नागरिक एपमा विशेष आकर्षण, २४ घण्टामै १ लाख १० हजारले गरे डाउनलोड

    न्यूजलय शनिबार ०३, माघ २०७७

    काठमाडौं । सरकारले ल्याएको नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण देखिएको छ । एप सार्वजनिक भएको २४ घण्टामै एक लाख १० हजार बढीले डाउनलोड गरेका छन् ।

    शुक्रबार दिउँसो सार्वजनिक भएको एपको डाउनलोड संख्या शनिबार बिहान मात्र १० हजार कटेको थियो । सञ्चार तथा सूचना प्रविधि....

  • अब सम्पूर्ण सार्वजनिक सेवा नागरिक एप मार्फत

    न्यूजलय शुक्रबार ०२, माघ २०७७

    काठमाडौं । नेपाल सरकारले सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक गरेको छ।

    शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्।

    नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन....

  • मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै

    न्यूजलय शुक्रबार ०२, माघ २०७७

    काठमाडौं । मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले राष्ट्र बैंकमा निवेदन दिएको छ । यो नेखपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले संयुक्त रुपमा स्थापना गरेको कम्पनी हो ।

    संयुक्त....

  • नयाँ अपडेटपछि लाखौँ प्रयोगकर्ताले छाडे ह्वाट्सएप

    न्यूजलय बिहीबार ०१, माघ २०७७

    काठमाण्डौ । ह्वाट्सएपले हालै लागू गरेको विवादास्पद अपडेटपछि लाखौँ प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग गर्न छाडेका छन् ।

    त्योसँगै प्रतिस्पर्धी प्लाटर्फमहरु सिग्नल र टेलिग्रामको डाउनलोड ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । ह्वाट्सएपले लागू गरेको नयाँ नियमअनुसार फेसबुकसँग डाटा शेयरको अनुमति दिने नयाँ अपडेटलाई स्वीकार नगरेमा अब ह्वाट्सएप....

  • भायनेटको सिस्टम ह्याक गरी ग्राहकका विवरण सार्वजनिक गर्ने व्यक्ति पक्राउ

    न्यूजलय आइतबार २६, पुष २०७७

    काठमाडौं । भायनेटको सिस्टम ह्याक गरी स्क्रिप्ट सार्वजनिक गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले रुपन्देही तिलोत्तमा नगरपालिका–१ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

    उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ईलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो।

    उनले....