न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २० लाख लगानीकर्ताको हात खाली

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार १२:०५ मा प्रकाशित


काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ  शुक्रबार(आज) बाँडफाँट भएको छ ।दुई लाख ९ हजार २५० जनाले शेयर पाएका छन् भने २० लाख लगानीकर्ताको हात खाली भएको छ ।

आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको आवेदन गरेका थिए । जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । 

जसमध्ये ४५ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि वितरण गरिएको थियो ।