काठमाडौं । वैज्ञानिकहरूले चन्द्रमामा गुफा भएको पुष्टि गरेका छन् ।
सो गुफा ५५ वर्षअघि पहिलोपटक चन्द्रमामा पुग्ने नील आर्म स्ट्रङ र बज एल्ड्रिन ल्यान्ड गरेको स्थानबाट नजिक रहेको बताइएको छ ।
एपीका अनुसार गुफामा भविष्यमा चन्द्रमामा पुग्ने अन्तरिक्षयात्रीलाई बस्ने स्थानको रुपमा हेरिएको छ । इटालीयन वैज्ञानिकको एक टोलीकाअनुसार चन्द्रमाको सबैभन्दा गहिरो खाडलबाट पहुँचयोग्य स्थानमा गुफा भेटिएको हो ।
सो गुफा एपोलो ११ अवतरण गरेको स्थानबाट करिब २५० माइल टाढा रहेको छ । वैज्ञानिकको अनुमानअनुसार त्यो कम्तिमा १३० फिट चौडा र दशौं मिटर लामो वा त्योभन्दा बढी पनि हुन सक्छ ।
वैज्ञानिकहरूका अनुसार त्यहाँ रहेको क्रेटरमा जमेको पानी पिउने पानी र रकेट इनधनका लागि प्रयोग गर्न सकिने समेत वैज्ञानिकहरूको अनुमान छ ।