२७ अंकले घट्यो नेप्से

न्युजलय १९ कार्तिक २०८२, मङ्गलबार ०३:१८ मा प्रकाशित

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५९५.२४ बिन्दुमा आएको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्से परिसूचक घट्दा सबै समूहको उपसूचक पनि राताम्य भएको छ ।